Successfully Copied

कला र कलाकारलाई समेट्न ‘कलाशाला’

कला र कलाकारलाई एकजुट बनाउनका लागि कलाशालाको आयोजना गरिएको ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् ।


कला र कलाकार जुटाउने उदेश्यले राजधानीमा ‘कलाशाला’ प्रर्दशनी हुन लागेको छ । कलाशालामा बिभिन्न देशका कलालाई एकसाथ अवलोकना गर्न सकिनेछ । चैत २ गते देखि अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनीमा १ सय २० कलाकारको उपस्थितिमा हुने भएको छ ।

 कला र कलाकारलाई एकजुट बनाउनका लागि कलाशालाको आयोजना गरिएको ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् । कलाशाला कार्यशाला उद्घाटन कार्यक्रम राजधानीको एयरपोर्टस्थित ’होटेल एयरपोर्ट’मा युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोको आथित्यमा सुरु हुनेछ ।

चैत ५ सम्म आयोजना हुने ’कलाशाला’मा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका कलाकारको कलाकार सहभागि हुने भएका छन् । कलाकारले पाटन दरवार क्षेत्रको भ्रमणसँगै नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरी पनि पुग्नेछन् । त्यसपछि भने ‘होटेल एयरपोर्ट’मै कला प्रदर्शनी हुनेछ ।

 उनका अनुशार कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्ट लगायतका विविध विधा समावेश हुनेछन् । ‘इन आर्ट वर्ल्ड’को आयोजनामा आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको हो । कलाशालामा आम्दानीको ५० प्रतिशत रकम ’सफलता एच.आई.भी. शिक्षा सदन’लाई प्रदान गरिनेछ ।

 Image