Successfully Copied

फेब्रिक

कट वर्क सिफन, ब्रोकेट, टेक्सर ब्रोकेट, चन्दर सिल्क, नेटमा पनि सेल्फ वर्क भएका फेब्रिकहरू यो वर्ष फेसनमा रहन्छन् ।

ओरियन बुटिक, स्टारमल, पुतलीसडक

हरेक वर्षको फेसनमा फेब्रिक परिवर्तन भैरहन्छ । यो वर्ष सिफन, जर्जेट, कटन तथा क्रेप सिल्कमा मोडिफाइ डिजाइनका फेब्रिकहरू भित्रिएका छन् । अहिले कट वर्क, जर्जेट फेब्रिकमा जोमेट्रिक, एनिमल प्रिन्ट पाल्म, ट्री, जिकज्याक, लार्ज सर्कल्स, नम्बरस, पोल्का डटस, पाइनाप्पल प्रिन्ट, डिजिटल प्रिन्ट आदि हुँदै सहर, मठ–मन्दिरदेखि वातावरणसम्मलाई इन्डिकेट गर्ने फेब्रिकहरू बजारमा आइरहेका छन् । सिफनमा डिजाइनिङ भएको, सेल्फ इम्ब्रोइडरी भएको, फ्लावर प्रिन्ट बढी चल्तीमा छ । कट वर्क सिफन, ब्रोकेट, टेक्सर ब्रोकेट, चन्दर सिल्क, नेटमा पनि सेल्फ वर्क भएका फेब्रिकहरू यो वर्ष फेसनमा रहन्छन् । गर्मीका लागि यो वर्ष लेनिनका हाफ पाइन्ट र छोटो समर ज्याकेट पनि फेसनमा रहनेछन् । २०७३ मा नेट फेब्रिक पनि पहिलेझैं फेसनमै रहनेछ । यो वर्ष पनि सेल्फ इम्ब्रोइडरी भएका फेब्रिकले बजार तताउने देखिन्छ । डिजिटल तथा कम्प्युटराइज्ड इम्ब्रोइडरी इन हुनेछ । सिल्कमा फ्लावर प्रिन्ट, समर सिल्क सिफन तथा लेनिनले पनि बजार लिन सक्छ ।  

 Image