Successfully Copied

मनसुन सुहाउँदो पहिरन

जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ ।

जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ । वर्षाको पानीले चाँडै फोहोर हुने र दाग बस्ने सेता लुगाहरू कम गर्नु राम्रो हुन्छ । ‘ब्राइट’ र ‘पपी कलर्स’ तथा ‘फ्लोरल प्रिन्ट’ मौसम सुहाउँदा पहिरन हुनसक्छन् । 

मनसुनका रंगहरू

यो मौसममा सुहाउँदो पहिरनका रंगहरूमा ‘इन्डिगो’, ‘ग्रिन’ र ‘ब्लु’ का ‘ब्राइट सेड्स’ हुन् । ‘ग्रिन’ को ‘डार्क सेड्स’ पनि उत्तिकै राम्रो मानिन्छ । त्यसैगरी ‘पर्पल’ तथा ‘लेमन एलो प्यालेट’ यो मौसमका उपयुक्त रंग हुन् । ‘ब्राइट’ मात्रै नभएर ‘फुसिया पिन्क’ का ‘लाइट सेड्स’, ‘पिन्क’, ‘ओरेन्ज’ र ‘पिच’ जस्ता रंगका ‘लाइट सेड्स’ पनि यो मौसममा प्रयोग गर्न सकिन्छ । ‘ब्राइट’ तथा ‘साइनी कलर्स’ पनि मनसुनका लागि उपयुक्त मानिन्छन् । त्यस्तै, ‘मरुन कलर’ पनि मनसुनका लागि राम्रो विकल्प हुन सक्छ । यो रंगको ‘म्याक्सी ड्रेस’, ‘जम्पसुट’, ‘अफ सोल्डर टप’, ‘रफल्स टप’, ‘कोल्ड सोल्डर टप’ र ‘ड्रेस’ तथा ‘सर्ट ड्रेस’ पनि यो मौसमका लागि उपयुक्त हुन्छन् । ‘एक्सपेरिमेन्ट’ गर्ने चाहना राख्नेहरूले ‘मरुन’ र ‘ब्ल्याक’ वा ‘बेज कलर’ लाई ‘मिक्स एण्ड म्याच’ गरेर प्रयोग गर्न सक्छन् । 

यसैगरी, ‘वार्म टोन’ रुचाउनेहरूका लागि भने ‘मस्टर्ड ग्रिन’, खाकी र ‘डार्क ग्रिन सेड्स’ विकल्प हुन् भने ‘कुल टोन’ मन पराउनेहरूका लागि ‘ब्राइट ग्रिन’ वा ‘प्यारोट ग्रिन’ उचित हुन्छ । ‘व्हाइट’ र ‘एलो’ लाई पनि ‘ग्रिन’ सँग ‘म्याच’ गरी लगाउन सकिन्छ । रंग संयोजनको लार्गि यो मौसमका लागि ‘ब्लु’ र ‘एलो’, ‘अलिभ ग्रिन’ र ‘पिन्क’, ‘ओरेन्ज’ र ‘नेभी ब्लु’, ‘रेड’ र ‘पिन्क’, ‘ओरेन्ज’ र ‘पर्पल’ जस्तो ‘कम्बिनेसन’ मा आफ्नो व्यक्तित्वलाई यो मौसममा सजाउनु उचित हुन्छ ।

फेब्रिक च्वाइस 

सुती ‘एवरग्रिन फेब्रिक’ हो र यो अझ मनसुनका लागि सबैभन्दा उपयोगी हुन्छ । ‘सफ्टनेस’, अवशोषण गर्न सक्ने क्षमता र स्थायित्वका कारणले पनि यो फेब्रिक मनसुनका लागि सर्वोत्तम मानिन्छ । ‘थर्मोरेगुलेसन’ गुणका कारण ‘लिनेन फेब्रिक’ यो मौसममा उपयुक्त हुन्छ । ‘लाइट’, ‘फ्लोइ’, ‘सफ्ट टेक्सचर’ तथा राम्रो फलका कारण विशेषतः साडी, ‘स्कर्ट’, ‘ड्रेस’ का लागि मनसुन मौसममा ‘जर्जेट फेब्रिक’ राम्रो विकल्प हो । 

वर्षाका लागि ‘पोलिनाइलन’ र कटनको ‘ब्लेन्डेड फेब्रिक’ सबैभन्दा उत्तम हो । यो मौसममा क्रेप र सिफनका कपडाबाट टाढै रहँदा राम्रो हुन्छ । कारण पानीमा भिजेपछि यी कपडाको चमक हराउँछ । सिल्क र रेयन पनि च्वाइसका रूपमा उपलब्ध छन् । कटन सिल्क र जर्सी फेब्रिक पनि मनसुन फ्रेन्डली हुन् । 

मनसुनमा सिफन, पोली जर्जेट र कटनका साडी राम्रो विकल्प हुन् । यिनले फ्रेस फिल गराउनुका साथै वर्षामा पानीमा भिजेर कपडा नसुक्ने तनावबाट मुक्त गर्छन् । यी फेब्रिक सुक्नका लागि धेरै समय लाग्दैन । ‘डेली वेयर’ का लागि जर्जेट साडी प्रयोग गर्नु उचित हुन्छ । यसमा ‘डार्ड’ र ‘प्रिन्टेड’ साडी आफ्नो छनोटमा पार्न सकिन्छ । 

‘चेक्स प्रिन्ट’ मा ‘लाइटवेट’ कुर्तीलाई आफ्नो मनसुन ‘वार्डरोब’ मा समावेश गर्न सकिन्छ । कढाइ भएको कुर्ती पनि यो मौसमका लागि सुन्दर विकल्प हुनसक्छ । कढाइ भएको ‘नेटेड’ कुर्तीमा ‘ग्रिन’, ‘ब्लु’, ‘ब्ल्याक कलर’ को विविधता प्रयोग गर्न सकिन्छ । 

मनसुनका स्टाइल 

मनसुनमा ‘डेनिम’ लाई ‘क्युलोट्स’ ले प्रतिस्थापन गर्न सकिन्छ । आरामदायक ‘प्लेसुट्स’ मनसुनका लागि अर्को विकल्प हुनसक्छ । ‘मिड लेन्थ’, ‘मिनी’, ‘नि लेन्थ’, ‘काल्फ लेन्थ’ देखि ‘एङ्कल लेन्थ’ का ‘प्रिन्टेड ड्रेस’ हरू प्रयोग गर्न सकिन्छ । ‘क्रप्ड टप्स’, ‘ट्युनिक’, ‘सर्ट ड्रेस’, ‘बडीकन’ पनि खुब रुचाइन्छ । विभिन्न कलर र प्रिन्टका ‘लाइट फेब्रिक’ का ‘सोर्टस्’ पनि मनसुन फ्रेन्डली फेसन शैली हुन् ।

मनसुन फेसनमा ‘प्रिन्टेड फेसन स्टाइल स्टेटमेन्ट’ हुने गरेको छ । यतिखेर ‘लिफ मोटिफ’ वा ‘लिफ प्रिन्ट’ को बहार देख्न पाइन्छ । ‘बनाना लिफ’ देखि ‘पाल्म लिफ प्रिन्ट’, ‘ओभर साइज’ तथा स–साना पातका ‘प्रिन्ट’ देखि ‘ट्रपिकल प्याटर्न’ पनि खुबै प्रचलनमा छन् । 

‘स्टाइलिस स्कर्ट’, ‘कोल्ड सोल्डर लङ टप’ का साथमा ‘जेगिङ’ को जोडा, ‘स्टाइलिस एलो कोल्ड सोल्डर टप’ का साथम ‘ब्लु डेनिक सोर्टस्’, ‘व्हाइट कोल्ड सोल्डर टप’ का साथमा ‘लाइट पिन्क सोर्टस्’, ‘व्हाइट एण्ड ब्लु रफल्स टप’ का साथमा ‘हट पाइन्ट’, ‘लाइट ब्लु प्लिटेड स्कर्ट’ का साथमा ‘व्हाइट ट्रेन्डी स्लिभलेस टप’, ‘मिनी फ्रिल डेनिम स्कर्ट’ का साथमा ‘नटेड चेक सर्ट’ को जोडा आकर्षक र ‘फेसनेबल’ देखिन्छ ।

‘सर्ट हेमलाइन’ भएका पहिरन शैली यतिखेर सबैभन्दा उपयोगी हुन्छन् । ‘क्रप टप्स’, ‘सोर्टस्’, ‘स्कोर्टस्’ तथा ‘सर्ट’ देखि ‘मिडियम लेन्थ’ भएका ‘स्कर्टस्’ को उपयोगिता यतिखेर निकै रहन्छ । मनसुन राम्रो कलेक्सनको ड्रेसका लागि ‘कलिङ’ पनि हो । यसमा ‘ड्रस्ट्रिङ ड्रेस’, ‘मिनी ड्रेस’, ‘म्याक्सी ड्रेस’, ‘सर्ट ड्रेस’, ‘र्‍याप्स’ तथा ‘फ्लाउन्स ड्रेस’ हरू मुख्य रहन्छन् । ‘स्ट्रिट फेसन’ का पारखीका लागि ‘ड्रस्ट्रिङ ड्रेस’ उपयुक्त हुन्छ । ‘फ्लुटेड स्लिब्स’ तथा ‘लेस प्यानल’ भएका ‘फेब्रिक म्याक्सी ड्रेस’ मनसुन फ्रेन्डली फेसन हुन् । 

यो मौसममा ‘किमोनी स्लिभ’ र ‘सेल्फ फेब्रिक बेल्ट’ भएका ‘मिनी ड्रेस’ बढी ‘स्टाइलिस’ देखिन्छन् । ‘एसेमिट्रिकल कुर्तीज्’ र ‘ए लाइन टप्स’ लाई ‘पलाजो’ सित लगाउन सकिन्छ । ‘लङ एण्ड लुज् फिट’ पनि यो मौसमका लागि उचित हुन्छ । ‘र्‍याप टि सर्ट’ र ‘स्कर्टस्’ ले ‘र्‍याप ड्रेस’ कै प्रभाव दिने गर्छ । ‘प्लेन टिज्’ र ‘स्लिम पाइन्ट’, ‘फिट पाइन्ट’ वा ‘मिडी स्कर्ट’ लाई जोडा बनाउन सकिन्छ । ‘क्रप टप्स’ र ‘क्युलोट्स’ को जोडा अर्को विकल्प हो । 

‘टाइट फिटिङ’ यो मौसमका लागि राम्रो होइन । कटन, लिनेन, खादी वा सिन्थेटिक मटेरियलबाट बनेका शैलीहरू राम्रा हुन्छन् । लिनेन वा कटनबाट बनेका ‘अफ सोल्डर’, ‘डङारिज्’ वा ‘जम्पसुट’ उपयोगी हुन्छन् । ‘सर्ट स्लिभ’ वा ‘स्लिभलेस’ शैली बढी उपयोगी हुन्छ ।

एसेसरिज र फुटवेयर 

यो मौसमका लागि फुटवेयर फ्लीप फ्लप्स राम्रो विकल्प भए पनि रबरका जुत्ताहरू मनसुन फ्रेन्डली हुन् । रबरका जुत्ताले हिलो छ्याप्दैनन् । रबरका जुत्ताहरू तुलनात्मक रूपले सस्ता, धुन सकिने र आरामदायक पनि हुन्छन् । यो मौसमका लागि कपडा, जुट, कोर्डरोय र रेग्जिनबाट बनेका ह्यान्ड ब्याग्स उपयोगी हुन्छन् । फmुटवेयरमा ‘जेली सुज’ यो मौसमका लागि ‘स्मार्ट च्वाइस’ हुनसक्छ । मनसुनका लागि ‘एत्रेलिक स्यान्डल्स वेस्ट’ हुन सक्छ । ‘ब्राइट कलर्स’ का ‘एक्रेलिक स्यान्डल्स’ लाई आफ्नो ‘स्टाइल स्टेटमेन्ट’ मा समावेश गर्नु उचित हुन्छ । ‘ग्लाडिएटर स्यान्डल्स’, ‘ओपन स्यान्डल्स’, ‘बालेरिनाज्’, ‘स्लिअन’ देखि ‘क्रक्स’, ‘फ्लीप फ्लप्स’, ‘सिलिकन सुज’, ‘गमबुट’, ‘पिभिसी बुट’ आदि मनसुन फुटवेयरका विकल्प हुन् ।

मनसुन ‘एसेसरिज’ मा रंगीन, नियन वा फ्लोरोसेन्ट ट्रान्सपरेन्ट ब्याङ्गल्स ट्रेन्डी र स्टाइलिस देखिन्छ । कलर फुल रेनकोट, ट्रान्सपरेन्टदेखि कलरफुल ट्रेन्च कोट, ट्रान्सपरेन्ट ह्यान्ड ब्याग, कलरफुल छाताहरू मनसुन फेसनका अभिन्न पक्ष हुन् ।

 Image