Successfully Copied

समर फेसन मुड

उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् ।



उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् । ‘कार्गो पाइन्ट’ देखि ‘सियर ड्रेस’ तथा ‘फंकी एसेसरिज’ समर फेसनको विशेषता हुनेछ । यो मौसममा विभिन्न खालका फेब्रिक, टेक्सचर कलर तथा स्टाइल मा अनेकौं प्रयोगदेखि विविधतापूर्ण ‘कलर प्यालेट’ प्रमुख आकर्षण रहने छन् ।


समर स्टाइल
आफ्नो व्यक्तित्वलाई ‘बोल्ड एन्ड ग्ल्यामरस’ तरिकाबाट प्रस्तुत गर्न मन पराउनेहरूका माझ यसपटकको ‘समर फेसन’ मा ‘सी थ्रु फेब्रिक’को प्रयोगमा ‘द नेकेड ड्रेस ट्रेण्ड’ हावी हुने देखिन्छ । ‘सी थ्रु फेब्रिक स्टाइल’मा प्रयोगकर्ताले गर्मीमा शीतलता र आराम महसुस मात्रै गर्ने छैनन् । यसले व्यक्तित्वमा ‘बोल्ड फ्याक्टर’ पनि थपिनेछ ।
यो मौसममा ‘इम्ब्रोइडर्ड ब्रालेट’का साथमा सिफन ट्याङ्क, फ्लन्सी हेमलाइन्स र गजी ब्लाउज पर्फेक्ट स्टाइल हुन् । सत्तरी दशकताकाका शैलीहरू जस्तै फ्लेयर जिन्स,क्लग्स, क्रसे टप्स, ब्रिजी बेल स्लिब्स यो पटकको ‘समर फेसन वार्डरोब’ प्रमुख आकर्षण हुनसक्छ । साथै ‘डेमी स्कर्ट’ जोडा र स्ट्याक्ड ज्वेलरीको कम्बिनेसन फेसन स्टेटमेन्ट कै रूपमा लोकप्रिय हुनेछन् ।
गर्मीमा ‘क्वाटर’, ‘हाफ’ वा ‘स्लिभलेस स्टाइल’ ले पनि शीतलता अनुभव गर्न गाह्रो भए यसको विकल्पका रूपमा ‘ट्युब टप’ प्रयोग गर्न सकिन्छ । ‘अन्डर आर्म’ पसिनाका कारणले लुगामा दाग बस्नेबाट दिक्क हुनेहरूका लागि ट्युब टप पनि राम्रो छनोट हुनसक्छ । ‘कार्गो पाइन्ट’ स“ग यसको जोडा सबैभन्दा सुहाउ“दो र ‘स्टाइलिस’ देखिन्छ ।



‘वेडिङ वेयर’ देखि ‘रनवे’ सम्म कट्आउट ड्रेसको लोकप्रियता बढ्दो छ । ‘टर्सो बेस्ड कटआउट’ मात्र नभएर ‘बोल्ड स्टाइल’मा ‘अन्डर बस्ट’ र ‘रिब केज’, ‘साइड बडी कट् आउट’ शैली बढ्दो देखिन्छ । यस्ता ‘बडी स्किमिङ डिजाइन बोल्ड र डेरिङ देखिन्छ तर यसलाई ‘लङलाइन कार्डिगन’ वा कोटसग लगाउन सकिन्छ । यो स्टाइलमा डे लुकका लागि ‘चंकी बुट्स’ वा स्निकर्सले काम गर्छ भने नाइट लुकका लागि ‘स्काइ हाई हिल्स’ वा स्यान्डल उपयोगी हुन्छ ।
‘वाइटुके फेसन’ का रूपमा हिट भएको स्टाइल ‘कार्गो पाइन्ट’ को शैलीको पुनरागमन भएको छ र यसले यसपटकको समर फेसनमा राम्रै प्रभाव जमाउने देखिन्छ । कार्गो पाइन्टको माग पनि ‘समर फेसन वेयर’ मा ‘हिट लिस्ट’मा पर्ने देखिन्छ । विभिन्न डिजाइन, कलर तथा प्रिन्टको उपलब्धता यसको विशेषता हो भने ‘वाइड लेग्ड जिन्स’ र ‘स्लिम फिट जिन्स’को विकल्पमा ‘कार्गो पाइन्ट’ को रोजाइ हुने भएकाले यसको प्रचलन बढ्न सक्छ । ट्रेण्डकै रूपमा पाँच वर्षअगाडिको यो शैली यो ‘समर हट टे«ेन्ड’ का रूपमा देखिन सक्छ । ‘प्लेन व्हाइट सिङ्लेट’ सँगको ‘कार्गो पाइन्ट’को जोडा सबैभन्दा ‘स्टाइलिस’ देखिन्छ । ‘मिलिटरी स्टाइल’ खाकी ‘कार्गो’ सित भने ‘ब्राइट टप्स’ बढी सुहाउँदो हुन्छ । कार्डिगन र ज्याकेट्स पनि उचित विकल्प हो ‘कार्गो पाइन्ट’ सँग ‘टिमअप’ गर्नका लागि ।
साठीको दशकताका चलनचल्तीमा देखा परेका ‘अल व्हाइट आउटफिट’ पनि यो पटकको समरमा आकर्षण बन्ने देखिन्छ । ‘जिन्स’, ‘बुट्स’ र ‘सर्ट’को जोडा होस् वा ‘टर्टलनेक’ या ‘मिनी ड्रेस’ का साथमा ‘म्याचिङ कोट’ यो शैलीमा ‘फर्मल’ र ‘सेमिफर्मल’ लुकका लागि उपयोगी हुन्छ ।
‘समर फेसन’ मा ‘मिडी’ होस् वा ‘म्याक्सी ड्रेस प्लिट्स’ को उपयोगिता बढ्दो देख्न सकिन्छ । ‘एलिगेन्स’, ‘स्टाइल’, ‘बोल्डनेस’ सबै ‘लुक’मा ‘प्लिट्स’को प्रयोग शोभनीय भएकाले पनि यो शैलीले यसपटकको ‘समर फेसन’को तापक्रम बढाउने देखिन्छ ।



समर फेब्रिक्स
‘समर फेब्रिक्स’मा ‘प्लिट्स’को ‘कमब्याक’ भएको देखिन्छ । ‘युनिक टेक्सचर’ भएकैले यो ‘फेब्रिक’ले कुनै पनि पहिरनमा ‘डेप्थ’ र ‘डाइमेन्सन एड’ गर्छ । ‘जम्पसुट्स’, ‘स्कर्ट’ तथा ‘टप्स’ लाई यो ‘फेब्रिक आइडियल’ का रूपमा लिइएको छ । यो ‘समर’ को ‘फेब्रिक’मा ‘मेटालिक टे«न्ड’ पनि निकै ‘हिट’ हुने अनुमान गरिएको छ । यो ‘फेब्रिक’ ले कुनै पनि पहिरन र ‘डिजाइन’ मा ‘ग्ल्यामर एड’ गर्छ । ‘टाइमलेस फेब्रिक’ का रूपमा चिनिएको ‘डेनिम’ पनि ‘समर फेब्रिक’ का रूपमा लिइएको छ । टिकाउ, ‘भर्सटाइल’ र सहजता नै यो ‘फेब्रिक्स’को विशेषता हो । ड्रेसदेखि ‘जम्पसुट्स’ सम्मको डिजाइनमा ‘डेनिम’को उपयोगिता सुहाउ“दो देखिन्छ । ‘समर’ को ‘युनिक’ र ट्रेण्ड फेब्रिक’ का रूपमा ‘मेस फेब्रिक’ बन्ने देखिन्छ । ‘लाइटवेट’, सहज र ‘लेयर्ड लुक’का लागि ‘पर्फेक्ट’ हुने यो ‘फेब्रिक’ले पहिरनमा ‘टेक्सचर’ समेत थप्ने काम गर्छ । ‘ब्राइट कलर’, ‘युनिक प्याटर्न’ मा ‘मेस फेब्रिक’ले ‘समर स्टाइल’मा ‘बोल्डनेस’ र ‘स्टाइल एड’ गर्छ । ‘क्लासिक समर फेब्रिक’ का रूपमा चिनिएको ‘लिनेन फेब्रिक’ पनि ‘लाइटवेट’, सहजताका कारण ‘समर डेज’ का लागि ‘पर्फेक्ट फेब्रिक’ हुन आउँछ । ‘बोल्ड प्रिन्ट’ र ‘ब्राइट कलर’ मा ‘लिनेन फेब्रिक’‘समर’का लागि ‘आइडियल’ हुन्छ । ‘लाइटवेट’ र ‘डेलिकेट’ हुने भएकाले ‘कटन भोयल’ पनि ‘समर’ का लागि ‘पर्फेक्ट फेब्रिक’ हो । ‘सफ्ट, सहज र सुन्दर ‘डे«प’ हुने भएकाले ‘फ्लोइ ड्रेसका लागि यो राम्रो हुन्छ । ‘फ्लोरल प्रिन्ट’मा ‘कटन भोयल’ को सुन्दरता बेग्लै हुन्छ । ड्रेसदेखि ‘पाइन्ट’ सम्मका लागि ‘समर’ मा ‘सियरसकर क्लासिक समर फेब्रिक’ हो । ‘लाइटवेट’ र ‘युनिक टेक्सचर’ भएकाले यसले ‘भिन्टेज फिल’ गराउ“छ । ‘सफ्ट स्ट्राइप्स’ मा यो ‘फेब्रिक’को प्रयोग ‘समर फेसन’ का लागि उपयोगी हुन्छ । 

 Image