Successfully Copied

हेयर स्टाइलिस्ट, संजय आङबुहाङ (लिम्बू)

अहिले एउटै हेयर स्टाइलमा सीमित हुने जमाना छैन । सामान्य जीवन चलाउनेदेखि लिएर सेलिब्रेटीहरूमा पनि विविध हेयर स्टाइलमा रहने सोच हावी हुँदै गएको छ ।

यस्तो छ हेयर स्टाइलको ट्ेरन्ड

अहिले एउटै हेयर स्टाइलमा सीमित हुने जमाना छैन । सामान्य जीवन चलाउनेदेखि लिएर सेलिब्रेटीहरूमा पनि विविध हेयर स्टाइलमा रहने सोच हावी हुँदै गएको छ । यसैगरी हेयर स्टाइलको दुनियाँमा पनि आधुनिक हेयर स्टाइलदेखि लिएर परम्परागत हेयर स्टाइलसम्म कायमै छन् । पुरुषले पनि लामो केश पाल्न थालेका छन् । छोटो केशमा पनि महिला पुरुष दुवैको आकर्षण छ । फेसनमा चलेको हेयर स्टाइलको कुरा गर्ने हो भने अहिले बढी चलेको हेयर स्टाइल रफ नै मानिन्छ । चिटिक्क परेको भन्दा पनि गज्याङगुजुङ हेयर स्टाइलप्रति मानिसहरू आकर्षित छन् । आफै पनि यस्ता हेयर स्टाइल बनाउन सकिन्छ भने आधुनिक हेयर स्टाइल सेन्टरमा गएर पनि कुनै स्टाइलमा जोकोही सजिन सकिने अवस्था छ । 

युवाहरूको हकमा आर्यन फेस हुनेहरूका लागि निधार देखाउने किसिमको हेयर स्टाइल उपयुक्त हुन्छ भने मंगोलियन फेसका लागि फोरलक हेयर स्टाइल उचित हुन्छ । किशोरहरू पंक स्टाइलमा आकर्षित छन् । यो स्टाइलका बारेमा कुनै पनि हेयर स्टाइलिस्टसँग सम्पर्क गरी आफैं पनि हेयर स्टाइल तयार गर्न सकिन्छ । युवतीहरूको हकमा कुन पहिरनमा कस्तो देखिन्छ भन्ने कुरादेखि लिएर कस्तो फेसकटमा हेयर स्टाइल बनाउने भन्ने कुरा पहिलो नम्बरमा आउँछ । हेयर स्टेट तथा कर्ली अहिलेको प्रचलित स्टाइल हो । त्यसमा पनि व्याककम, हाइसट, वाटरफल, पफ, पम, ब्लेड आदिको सहायतामा कुनै पनि हेयर डिजाइन गर्न सकिन्छ । अहिले अत्यन्तै चलेको हेयर स्टाइल कोरियन कट नै हो । 

 

 Image