Successfully Copied

दुर्गाले जितिन् मिस ब्युटी क्विन नेपाल

प्रतियोगितामा ट्यालेन्ट अवार्डसहित हीरा देवी राई फस्ट रनर अप चयन भएको बेला प्रिया शर्माले फोटोजेनिकको अवार्डसहित सेकेन्ड रनर अप स्थान हासिल गर्न सफल भइन् ।

गएको बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा ‘मिस ब्युटी क्विन नेपाल २०१६’ मंचन भयो । अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.ले संचालन गरेको सो प्रतियोगितामा पन्ध्र जना युवतीको सहभागिता रहेको थियो । विभिन्न चरण हुादै विजेता चयनमा टुङगिएको सो प्रतिस्पर्धामा दुर्गा थापा मगरले विजेताको ताज पहिरिन सफल भइन् । उनी वेस्ट स्माइल अवार्डको पनि विजेता बनिन् । प्रतियोगितामा ट्यालेन्ट अवार्डसहित हीरा देवी राई फस्ट रनर अप चयन भएको बेला प्रिया शर्माले फोटोजेनिकको अवार्डसहित सेकेन्ड रनर अप स्थान हासिल गर्न सफल भइन् । यसैगरी संगीता कार्की इन्टेलिजेन्ट अवार्डसहित थर्ड रनर अप तथा मोस्ट कन्फिडेन्ट अवार्डसहित सविना भण्डारी फोर्थ रनर अप स्थानमा विजयी बने ।

हिमानी सुब्बा कोरियोग्राफर रहेको सो प्रतियोगितामा सविना दनुवार क्याटवाक, सुष्मा गिरी डिसिप्लिन, तुलसा मगर चार्मिङ, पवित्रा राई स्किन, समिरा पोखरेल हेयर, अस्मिता अधिकारी स्मार्ट, मन्जुसा घले स्टाइलिस, रमिता छ्वाजु एक्टिभ, स्नेहा गुरुङ पर्सनालिटी तथा रोसिला दुलाल पपुलर तथा वस्ट ड्ेरस अवार्डमा उत्कृष्ट चयन भएका थिए । 

 Image