Successfully Copied

नारी सुन्दरता

सुन्दर महिलाले गरेका हरेक क्रियाकलाप निकै रोचक लाग्छन् । महिलाको दुवै सौन्दर्य आन्तरिक तथा बाह्य दुवैको जीवनमा बराबर आवश्यकता छ ।

महिलालाई प्रकृतिको सुन्दर सृष्टि भनिन्छ । सुन्दरता भन्नेबित्तिकै महिला भन्ने बुझिन्छ । महिला तथा सुन्दरता एकै रूपमा अघि आउँछन् । वास्तवमा सृष्टिका हरेक महिला कुनै न कुनै रूपमा सुन्दर हुन्छन् । सु्न्दरताका परिभाषा विविध छन् । कुनै पनि कविको कविता होस् वा कलाकारको कला होस् महिला सुन्दरताबिना अधूरो हुन्छ । महिलाहरूको सुन्दरताको बखान गर्नमा कोही अछुतो छैन । परापूर्व कालदेखि नै महिलाहरूको सुन्दरताको वर्णन भएको पाइन्छ । सुन्दर महिलाहरूका कारणले ठूला–ठूला युद्ध पनि भएका छन् ।

लामो केश, गाइपरेली, बदामी आँखा आदि महिलाहरूका ३२ लक्षिण सबै सुन्दरतासँग सम्बन्धित छन् । तर समयसँगै सुन्दरताको परिभाषामा केही परिवर्तन पनि आएका छन् । अहिले केवल बाहिरी सुन्दरतालाई मात्र सुन्दर भनिँदैन आन्तरिक सुन्दरतालाई पनि उस्तै महत्व दिइन्छ । महिलाहरूमा हुने राम्रा गुणलाई सुन्दरतासँग गाँसेर परिभाषित गरिन्छ । बाहिरी सुन्दरता समयसँगै खस्केर जान्छ तर भित्री सुन्दरता समयसँगै अझ निखारिएर आउँछ । त्यसैले अहिले सौन्दर्य प्रतियोगिताहरूमा केवल बाहिरी सुन्दरतालाई मात्र प्राथमिकता दिइँदैन । तर पनि सुन्दरताको मानिसको हेर्ने दृष्टिकोण पनि फरक पर्छ । सौन्दर्यविद् मीना गुरुङ सौन्दर्यलाई ईश्वरको वरदान मान्छिन् । सुन्दर देखिन नचाहने अभिलाषा कुनै नारीमा हुँदैन । भनौं भने सौन्दर्यलाई महिलाको सबैभन्दा ठूलो अस्त्र मानिन्छ । अहिलेको परिप्रेक्ष्यमा त अझ सुन्दर नारीले आफूलाई सबै ठाउँमा स्थापित गर्न सक्छन् । कुनै पनि मानिसको व्यक्तित्व सुन्दरतासँग जोडिएको हुन्छ ।

सुन्दर महिलाले गरेका हरेक क्रियाकलाप निकै रोचक लाग्छन् । महिलाको दुवै सौन्दर्य आन्तरिक तथा बाह्य दुवैको जीवनमा बराबर आवश्यकता छ । हँसिलो मुहार, फरासिलो मिजास, मीठो बोली, शालीन स्वभाव तथा धैर्य महिलाहरूका भित्री सौन्दर्यको उदाहरण हुन् । त्यसैले यी स्वभावले पनि महिलालाई अझ सुन्दर बनाउँछ । सुन्दरताले महिलाहरूमा आत्मविश्वास पनि बढाउँछ । त्यसो त यो सफलताको कुची पनि हो । एक शोधका अनुसार सुन्दर महिलाहरू वास्तवमै खुसी हुन्छन् । मिस नेपालकी २०१५ की प्रतियोगी सुदीपा पाठक अहिले निकै व्यस्त छिन् । सुन्दर मुहार तथा जिउडालकी धनी उनी सुन्दरता भन्ने कुरा हरेक मानिसले फरक–फरक ढंगले बुझ्ने बताउँछिन् । उनी भन्छिन्– ‘आन्तरिक तथा बाह्य दुवै सौन्दर्य महत्वपूर्ण हुन्छ । बाह्य सुन्दरताले कुनै पनि मौका पाइन्छ भने त्यसलाई निरन्तरता दिनमा आन्तरिक सुन्दरताले महत्वपूर्ण भूमिका खेल्छ ।

आन्तरिक सुन्दरताको छाप लामो समयसम्म अरूको मानसपटलमा रहन्छ । अहिले हरेक क्षेत्रमा महिलाहरू धमाधम आफूलाई स्थापित गर्नुले पनि यो कुरा साबित हुन्छ ।’

 

 Image