Successfully Copied

फेसनको नयाँ रूप : डस्टर ज्याकेट

ज्याकेट प्रेमीहरूबीच यतिबेला डस्टर ज्याकेटको ट्रेन्ड चलेको पाइन्छ । सेलिब्रेटीदेखि फेसनेबल महिलाहरूबीच डस्टर ज्याकेट अहिले हट आइटम बनेको छ ।

ज्याकेट प्रेमीहरूबीच यतिबेला डस्टर ज्याकेटको ट्रेन्ड चलेको पाइन्छ । सेलिब्रेटीदेखि फेसनेबल महिलाहरूबीच डस्टर ज्याकेट अहिले हट आइटम बनेको छ ।

के हो डस्टर ज्याकेट ?

यो एउटा लामो खालको ज्याकेट हो, जसलाई जिन्स, म्याक्सी ड्रेस, सर्ट ड्रेस, गाउन आदिका साथ लगाएर सुपर स्टाइलिस देखिन सकिन्छ । ट्रेन्च कोटले नै डस्टर ज्याकेटको रूप पाएको हो भन्दा खासै फरक पर्दैन । पहिले ज्याकेट हेभी मटेरियलबाट बन्थे र तिनको प्रयोग विशेष अवसर वा जाडोमा मात्र सम्भव थियो, अब लाइटवेट ज्याकेट पनि तयार पार्न थालिएकाले तिनको प्रयोगमा सहजता छ ।

कसरी लगाउने ?

डस्टर ज्याकेटलाई आफ्नो रेगलुर पहिरनसित पनि लगाउन सकिन्छ भने पार्टी वेयरका साथमा पनि ।

मौसम, उमेर तथा बडी टाइपअनुसार डस्टर ज्याकेट चयन गर्न सकिन्छ ।आफ् नो रोजाइअनुसार अलग–अलग फेब्रिक, लेन्थ तथा नेकलाइन भएका डस्टर ज्याकेट छनोट गरेर न्यू लुक प्राप्त गर्न सकिन्छ । लेयरिङ प्रेमीहरूले डस्टर ज्याकेटलाई विविध तरिकाले प्रयोग गर्न सक्छन् । यसलाई सर्ट ड्रेस, क्रप टप, हट पाइन्ट, म्याक्सी ड्रेस आदिका साथमा लेयरिङ गर्न सकिन्छ । डस्टर ज्याकेट स्ट्रेट कट, फ्रिल, लेयर्स आदि कतिपय प्याटर्नमा उपलब्ध छन् । आफ्नो रोजाइ तथा आउटफिटअनुसार यिनको प्रयोग गर्न सकिन्छ । क्याजुयल आउटफिटलाई फर्मल लुक प्रदान गर्न डस्टर ज्याकेट उपयोगी हुन्छ । जिन्स टिसर्ट वा जिन्स सर्टका साथमा डस्टर ज्याकेट लगाएर आफ्नो पहिरनलाई सेमी–फर्मल लुक प्रदान गर्न सकिन्छ ।

लेयरिङको उत्तम विकल्प

लेयरिङका माध्यमबाट शरीरका कमजोरीहरूलाई सहज रूपमा लुकाउन सकिन्छ भने त्यो स्टाइलिस पनि देखिन्छ । कुनै पार्टीमा स्लिम फिट सर्ट ड्रेस लगाउने चाहना हुँदाहुँदै कुनै हिच्किचाहट छ भने डस्टर ज्याकेट उपयोगी हुन्छ । सर्ट ड्रेसमाथि डस्टर ज्याकेट लगाएर स्मार्ट एवं स्टाइलिस देखिन सकिन्छ । यसलाई हट पाइन्ट, सर्ट स्कर्ट आदिसँग पनि पेयर गर्न सकिन्छ ।

शरीर प्लस साइज छ भने

शरीर मोटो छ भने डस्टर ज्याकेट लगाएर मोटोपनलाई सहज रूपमा लुकाउन सकिन्छ । किटी पार्टीमा फिट टि–सर्ट एवं जिन्स लगाउने चाहना छ भने त्यसका साथमा डस्टर ज्याकेट लगाएर आफ्नो कम्मर तथा हिप्सको फ्याटलाई सजिलै लुकाउन सकिन्छ । यसमा पातलो स्कार्फ लगाएर टमी लुकाउन सकिन्छ । गाउन, म्याक्सी ड्रेस आदिका साथमा पनि डस्टर ज्याकेट लगाउन सकिन्छ । यसले मोटोपन लुकाउँछ र स्टाइलिस देखिन सघाउँछ ।

स्मार्ट आइडिया

प्लेन ड्रेस लगाइएको छ भने त्यसमाथि प्रिन्टेड वा इम्ब्रोइडर्ड डस्टर ज्याकेट लगाएर आफ्नो पहिरनको सुन्दरता बढाउन सकिन्छ । प्रिन्टेड ड्रेसका साथमा प्लेन ज्याकेट लगाउन सकिन्छ । डस्टर ज्याकेट लगाउँदा आफू मोटी नदेखिने कुरामा ध्यान पुर्‍याउनुपर्छ । बडीको कब्र्स सुन्दर रूपमा हाइलाइट हुने ज्याकेट छनोट गर्नुपर्छ ।

ट्रेडिसनल टच

पहिले वेडिङ समारोह वा चाडपर्वका समयमा महिलाहरू शेरवानीका साथमा लेहेंगा लगाउँथे भने हिजोआज डस्टर ज्याकेट र लेहेंगाको जोडा हिट हुन थालेको छ । टिनएजर्सहरूले लेहेंगाका साथमा क्रप टप एवं माथिबाट डस्टर ज्याकेट लगाएर ट्रेन्डी लुक प्राप्त गर्न सक्छन् । यसलाई लगाएपछि दुपट्टा लगाउनुपर्ने आवश्यकता हुँदैन । ब्रोकेड, सिल्क आदि फेब्रिकबाट डस्टर ज्याकेटले फेस्टिबल लुक प्राप्त गर्छ । डस्टर ज्याकेटलाई गाउन, अनारकली आदिसित पनि पेयर गर्न सकिन्छ ।

स्मार्ट विन्टर वेयर

जाडोमा छाला, ऊन आदिका डस्टर ज्याकेट लगाएर वार्म लुक प्राप्त गर्न सकिन्छ । कम चिसो हुने समयमा सिफन, जर्जेट, साटन, सिल्क आदिका लाइटवेट ज्याकेट लगाउन सकिन्छ । जाडोमा साडीका साथ डस्टर ज्याकेट लगाएर विशेष एवं स्टाइलिस देखिने चाहना पूरा गर्न सकिन्छ ।

 Image