Successfully Copied

मेहन्दी कसरी लगाउने ?

मेहन्दी केशबाहेक छालामा नलागोस् भनेर पुरानो तर सफा टाबेल वा अन्य कपडाले घाँटीदेखि तलको भाग छोप्न सकिन्छ । बिस्तारै आफ्नो इच्छाअनुसार ब्रसले मेहन्दी लगाउने । ब्रसको प्रयोगले केशको सबैतिर मेहन्दी लगाउन सहज बनाउँछ । मेहन्दी लगाइसकेपछि १० देखि ४५ मिनेटसम्म केशमै रहन दिनुपर्छ

महेन्दी लगाउनुअघि राम्रो सेम्पुले केश पखाल्ने । साबुन सकेसम्म प्रयोग नगर्ने । सेम्पु गरिएको केश राम्रोसँग सुक्खा बनाउने । दिइएको निर्देशनअनुसार मेहन्दीलाई कचौरामा राखेर भिजाउने । पानीको मात्रा ठिक्क हुनुपर्छ, मेहन्दीको प्याकेटमै त्यसको मात्रा उल्लेख हुन्छ ।

पानीले भिजेको मेहन्दीलाई ब्रसले मजासँग फिट्ने । जति फिट्न सक्यो, मेहन्दीले उति नै राम्रो प्रभाव देखाउँछ । मेहन्दीको पेस्ट तयार भैसकेपछि त्यसलाई सुकेको केशमा लगाउने ।

मेहन्दी केशबाहेक छालामा नलागोस् भनेर पुरानो तर सफा टाबेल वा अन्य कपडाले घाँटीदेखि तलको भाग छोप्न सकिन्छ । बिस्तारै आफ्नो इच्छाअनुसार ब्रसले मेहन्दी लगाउने । ब्रसको प्रयोगले केशको सबैतिर मेहन्दी लगाउन सहज बनाउँछ । मेहन्दी लगाइसकेपछि १० देखि ४५ मिनेटसम्म केशमै रहन दिनुपर्छ ।

आवश्यक समयावधिसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक सादा पानीले मात्र पखाल्नुपर्छ । दोस्रो पटक मात्र सेम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ । केशमा लामो समयसम्म मेहन्दीको रङ टिकाउन बेलाबेलामा कन्डिसनर वा हेयर ट्रिटमेन्ट गराइरहनुपर्छ ।

 Image