Successfully Copied

फेसन सिक्रेट्स थ्री उघार्ने तयारी

फेसनको सृजना मार्फत् नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन तथा क्यान्सर रोगको सचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्य सहित फेसन सिक्रेट्स थ्री नामक फेसन कार्यक्रमको तयारी अगाडि बढाइएको छ । 

फेसनको सृजना मार्फत् नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन तथा क्यान्सर रोगको सचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्य सहित फेसन सिक्रेट्स थ्री नामक फेसन कार्यक्रमको तयारी अगाडि बढाइएको छ । 

नव प्रवेशी तथा स्थापित मोडल एवं डिजाइनरहरुको समायोजनमा प्रस्तुत हुने उक्त फेसन कार्यक्रमका लागि हालै राजधानीमा मोडल अडिसन संचालन गरिएको छ । 

ठमेलस्थित द नेस्ट बार लाउन्जमा सम्पन्न गरिएको उक्त अडिसन राउन्ड नव प्रवेशी तथा अनुभवी महिला पुरुष मोडलहरुको बाक्लै जमघट देख्न पाइएको थियो । करिब चार दर्जनको हाराहारीमा उपस्थित मोडलहरुको हिंडाई, आत्मविश्वास, व्यक्तित्व तथा अनुभव आधारमा मुल्यांकन गरिएको थियो । 

कार्यक्रम इभेन्टेस नामक संस्थाको व्यवस्थापनमा संचालन हुन लागेको हो ।

 Image