Successfully Copied

दिदी बहिनी सँगसँगै

गायिका मञ्जु उपशना तीज गीतका साथमा बजारमा आएकी छिन् । लामो समयदेखि सुगम संगीतमा सक्रिय यि गायिकाले ‘तीजै आयो बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका उपाशनाले आवाज भरेको यो तीज गीतमा उनकी बहिनी अन्जु बिश्वकर्माले नृत्य गरेकी छिन् ।

गायिका मञ्जु उपशना तीज गीतका साथमा बजारमा आएकी छिन् । लामो समयदेखि सुगम संगीतमा सक्रिय यि गायिकाले ‘तीजै आयो बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका उपाशनाले आवाज भरेको यो तीज गीतमा उनकी बहिनी अन्जु बिश्वकर्माले नृत्य गरेकी छिन् । यसैपनि तीज पर्व दिदी बहिनीका लागि विशेष र साथै मनाउने पर्व हो । मञ्जुले भने आफ्नी बहिनीलाई तीज गीतमानै समेटेकी छिन् । 

एच बि सुनारको शब्द रहेको गीतमा गायिका उपाशनालेनै संगीत दिएकी छिन् । जेनिथ शर्माले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अन्जुका साथमा ज्योति सुनार र गायिका स्वयमले पनि नृत्य गरेका छन् । 

सुशिल डाँगीले छायांकन गरेको उक्त गीतको म्यूजिक भिडियो रमेश बिके रसाइलीले सम्पादन गरेका हुन् । सार्वजनिक भएको छोटो समयमानै मञ्जुको ‘तीज आयो बरिलै’ले राम्रो प्रतिकृया पाईरहेको छ । 

 

गीतको म्यूजिक भिडियो :

 

 Image