Successfully Copied

तीज सारी प्रतियोगिता

नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै छ । यसैलाई मध्यनजर गरेर यतिबेला विभिन्न कार्यक्रम, ब्युटी प्याजेन्ट तथा फोटो प्रतियोगिताहरू आयोजित भैरहेका छन् । यस्तैमा तीजलाई लक्षित गरेर एक फरक कन्सेप्टमा फोटो प्रतियोगिता हुने भएको छ ।

‘मिस तीज सारी क्विन–२०१९’ शीर्षक दिइएको उक्त प्रतियोगितामा सहभागीहरूको फोटोसुट गराई ३ देखि ४ मिनेटसम्मको छुट्टाछुट्टै बायोग्राफी भिडियो निर्माण गरिनेछ । जुन फोटोलाई डिथ्री फोटोग्राफी फेसबुक पेज एवं भिडियोलाई सोही पेज तथा डिथ्री टिभी युट्युब च्यानल बाट सार्बजनिक गरिनेछ भने सार्वजनिक तस्बिरको लाइक, सेयर तथा भिडियोको भ्युजका आधारमा बिजेता घोषणा गरिने बताइएको छ ।

यो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा सहभागीहरूले सारी र्‍याम्प वाकसमेत गर्नेछन् । यसैगरी प्रतिस्पर्धामा ‘बेस्ट फोटोजेनिक एवार्ड’ तथा ‘अर्गनाइज च्वाइस एवार्ड’ समेत प्रदान गरिनेछ । 

 Image