Successfully Copied

स्कोप देखेरै नेपाल फर्किएकी हुँ : श्रद्घा मास्के

नेपालमा धेरै कुराको स्कोप छ । तर हामी जसले कुनै नयाा काम गर्छ, जुन कुरा चलेको देख्छौं,  उसकै पछि लाग्छौं । यसले गर्दा बजार बिग्रिरहेको छ । नेपालमा सबैले मेकअप आर्ट नै सिक्नुपर्छ भन्ने छैन, नेपालमा छुट्टै हेयर स्टाइलिस्ट, नेल आर्टिस्ट, छुट्टै वाक्सिङ,

श्रीमान् र छोरासाग लन्डनमा बस्दै आएकी श्रद्घा मास्के उतै लन्डनमा मेकअप आर्टिस्टका रूपमा सक्रिय थिइन् । २०१३ मा नेपालमा कामको सिलसिलामा आउादा उनले नेपालमा यति धेरै अवसर देखिन् कि, लन्डन छोडेर नेपाल आउने सोच उनमा आउन थाल्यो । 

नेपालमा मेकअप आर्टिस्टहरू कम थिए । श्रद्घालाई नेपालमा केही गर्न सक्छु भन्ने लाग्यो । त्यतिबेला एडोटोरियल मेकअप, आर्टिस्ट मेकअप गर्नेहरू थिएनन् । उनले ती मेकअप गर्दा धेरैले रुचाए । केही समयको बसाइमै उनले थुप्रै पत्रपत्रिका, सोहरूमा मेकअप गर्ने मौका पाइन् । लन्डन फर्किएपछि पनि नेपालबाट मेकअप क्लासहरूका लागि धेरै अनुरोध आउन थाले । उनलाई बच्चा जन्मिएपछि लन्डनमा भनेजस्तो दिनरात काम गर्न नसक्दा कठिन भैरहेको थियो । 

लन्डनमा १ वर्षको छुट्टी लिएर नेपालमा काम गर्ने सोचका साथ श्रद्घा आएकी थिइन् । तर नेपाल आएकै दिनदेखि उनी यति व्यस्त भइन् कि लन्डन फर्कने सोच नै दिमागबाट हट्यो । उनलाई नेपालमा मेकअप आर्टिस्टका रूपमा स्थापित हुन १ वर्ष पनि लागेन । उनलाई आफ्नो रफ्तार देखेर लाग्यो, किन युवाहरू बिदेसिन्छन् ? नेपालमै केही नयाा काम गर्नुपर्छ, यहाा जे पनि गर्न सकिन्छ । बाहिर प्रतिस्पर्धा धेरै हुने भएकाले स्थापित हुन निकै कठिन छ । तर यहाा राम्रो काम गर्नेहरूका लागि राम्रो आम्दानी गर्न कठिन छैन ।

श्रद्घाले नेपालमा काम गर्न थालेको साढे दुई वर्ष भएको छ । यो दौरानमा उनी कुनै दिन पनि फुर्सदमा बसेकी छैन । अहिले कोरोनाका कारण लकडाउन हुदाापनि उनी अनलाइन मेकअप क्लासहरु संचालन गरीरहेकी छिन् । नेपालका चल्तीमा रहेका पत्रपत्रिकाका लागि कभर मेकअप, चलचित्र, म्युजिक भिडियो, विज्ञापन, फेसन शोमा मेकअप आर्टिस्टका रूपमा काम गरिसकेकी छिन् । उनले गत दुई वर्षदेखि मिस नेपालमा ग्रुमिङसम्बन्धी प्रशिक्षण दिादै आएकी छिन् । उनी यसरी व्यस्त हुनुमा कुनै पनि काम ठूलो र सानो मान्दिनन् । कामका लागि नेपालजस्तो राम्रो देश अरू छैन । नेपालमा रहादा समेत ब्राइडल मेकअपका लागि अमेरिका, अष्ट्रेलिया र लण्डन पुगेकी उनी सिप गुणस्तरतरीय छ भने यसको माग संसारको हरेक कुन्नावाट हुने अनुभव सुनाइन् । विदेशमा मेकअपको लागि जाादा आउने, जाने र बस्ने खर्चको साथमा राम्रै पारिश्रमिक समेत पाइने उनले बताइन् ।

नेपालमा के–के स्कोप छ त ?

नेपालमा धेरै कुराको स्कोप छ । तर हामी जसले कुनै नयाा काम गर्छ, जुन कुरा चलेको देख्छौं,  उसकै पछि लाग्छौं । यसले गर्दा बजार बिग्रिरहेको छ । नेपालमा सबैले मेकअप आर्ट नै सिक्नुपर्छ भन्ने छैन, नेपालमा छुट्टै हेयर स्टाइलिस्ट, नेल आर्टिस्ट, छुट्टै वाक्सिङ, थ्रेडिङ, फेसियल गर्ने टेक्निसियनको कमी छ । अझैं पनि एकै जनाले मेकअप, हेयर, नेल सबै गर्नुपर्छ । अहिले यी विधामा पनि सिकेर आए राम्रा स्कोपहरू छन् ।

 

 Image