Successfully Copied

छवि र जेनिसा बने ‘डिसेबिलिटी क्विन’

यो वर्षको ‘मिसेस् एण्ड मिस डिसेबिलिटी क्वीन नेपाल ’ प्रतियोगितामा ‘ मिसेस ’ तर्फ छविकुमारी ओली र ‘मिस’ तर्फ जेनिशा कडायत विजेता बने । प्रतियोगिताको ‘फस्ट रनर अप’ मा निशा क्षेत्री, ‘सेकेन्ड रनर अप’ मा धनमाया बुढा मगर र ‘थर्ड रनर अप’

 यो वर्षको ‘मिसेस् एण्ड मिस डिसेबिलिटी क्वीन नेपाल ’ प्रतियोगितामा ‘ मिसेस ’ तर्फ छविकुमारी ओली र ‘मिस’ तर्फ जेनिशा कडायत विजेता बने ।

प्रतियोगिताको ‘फस्ट रनर अप’ मा निशा क्षेत्री, ‘सेकेन्ड रनर अप’ मा धनमाया बुढा मगर र ‘थर्ड रनर अप’ मा सुनिता चिमौरिया छनौट भए ।

अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको दोस्रो संस्करण हालै राजधानीमा आयोजना गरिएको थियो । ‘ग्रीन आर्टस् मिडिया’ ले आयोजना गरेको उक्त प्रतियोगिताका सहभागीहरुले नृत्य, गायन, कविता वाचन र अभिव्यक्ति मार्फत् आ–आफ्नो प्रतिभाको प्रस्तुति दिएका थिए ।

 Image