Successfully Copied


प्रीति आत्रेय ज्ञवाली
फलितज्योतिषाचार्य


मेषः विभिन्न कुराको लाभ हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । यात्रा गर्ने योग रहेको छ । पेट, मुटु एवं रक्तचापका बिरामीहरूले स्वास्थ्यमा सजग रहनुपर्नेछ । दाम्पत्य जीवनमा/प्रेम सम्बन्धमा कुनै कुरालाई लिएर वैचारिक बहस हुनसक्छ । सामयिक अवस्थाको ख्याल गर्दै काम गर्दा सबै कुरामा सहजता हुनेछ । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । आकस्मिक उपहार पाइनसक्छ । आफ्नो इच्छानुरूप समय यापन गर्ने अवसर मिल्नेछ ।

वृषः पारिवारिक वातावरण सुखमय रहनेछ । कहिा कतै घुमघाम गर्न जाने मौका जुट्नसक्छ । मित्रवर्गसित कतै जमघट हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित सद्भाव एवं समझदारी कायम रहनेछ । सन्तान सुख मिल्नेछ । कसैकसैको यो महिनामा नयाा घर सर्ने वा सवारी जोर्ने सम्भावना रहेको छ । रोकिएका कामहरूले पनि गति लिन थाल्नेछन् । केही नकारात्मक प्रवृत्तिका/व्यत्तिका कुराले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन्, सजग रहादै काम गर्नुपर्ने हुन्छ । आˆनो आत्मसम्मान र आत्मविश्वासलाई कायम राख्दै सकारात्मक सोचकासाथ अघि बढ्नुपर्ने बेला छ ।

मिथुनः सोचे अनुरूप सबै कुरा मिल्दै जानेछ । कुनै विशेष कार्यमा सहभागिता जनाउने मौका मिल्नेछ । आफ्नै कार्यक्षेत्रबाट राम्रो सद्भाव पाइनेछ । आर्थिक पक्ष सुदृढ हुादै जानेछ । नयाा काम/प्रोजेक्ट पाउने सम्भावना रहेको छ । कसैकसैको जागीरमा बढुवा हुनसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कतै सानोतिनो घुमघाम गर्न जाने व्यवस्था मिल्नसक्छ । कसैकसैलाई कुनै कामको सिलसिलामा कतै यात्रा गर्नुपर्ने हुनसक्छ । राम्रै हिसाबले बोले/गरेका कुरामा पनि खोट निकालिन सकिने भएकाले ख्यालठट्टा नगर्नु नै उचित हुनेछ ।

कर्कटः   न्यायिक, सामाजिक, शैक्षिक एवं साहित्यिक कार्यमा सफलता मिल्नेछ । अधूरा कामहरू पनि सफलतातिर उन्मुख हाुदै जानेछन् । प्रायः धेरै कुराहरू टक्क टक्क मिल्दै जानेछन् । मन सकारात्मक रहन खोज्दा सबै कुरा सहज लाग्दै जानेछन् । रक्तचापमा घटबढ हुने सम्भावना भएकोले स्वास्थ्य, खानपान र व्यायाममा ख्याल गर्नुपर्ने बेला छ । व्यापारिक क्षेत्रकालागि यो महिना त्यति अनुकूल नहुनसक्छ । आर्थिक लेनदेनको काम गर्दा भने विशेष सजग रहनुपर्ने बेला छ । बोली एवं व्याकवाहिरक कार्यमा पनि सजग रहनुपर्नेछ । सानातिना हेल्चेक्राईले अनपेक्षित विवाद/अपजस निम्त्याउनसक्छ ।

सिंहः  पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कसैकसैको घरमा नयाा सदस्यको आगमन हुनेछ भने कसैको नवगृहप्रवेश हुनेछ । कतै घुमघाम गर्न जाने मौका जुट्नेछ । दाम्पत्य जीवनमा अपेक्षित सद्भाव कायम रहनेछ । कुनै विशेष कार्यमा सहभागी हुने अवसर जुर्नसक्छ । कुनै प्रतिस्पर्धात्मक कार्यमा तपाइाको छनौट हुनसक्छ । कसैकसैको यो महिनामा लगनगााठो जोडिनसक्छ । कहिलेकाहिा काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छ । आर्थिक मामिलाका काम गर्दा भने विशेष सजग रहनुपर्नेछ । कसैका कामकुरामा सजिलै विश्वस्त नहुनु नै लाभप्रद रहनेछ ।

कन्याः पारिवारिक सुख मिल्नेछ । विभिन्न कुराको जिम्मेवारीले व्यस्त र सोचमग्न बनाउनेछ । बेलाबेलामा पुनर्ताजगीका निमित्त आफ्नै लागि समय दीराख्नुपर्नेछ । आफूलाई आˆना कामकर्तव्यमा सीमित राख्नसकेको खण्डमा सबै कुरामा सहजता हुनेछ । कसैले क्यै गरे/भने पनि तपाइालाई खासै प्रभाव पार्नेछैन । आफ्नै कर्तव्यमा तल्लीन तपाईालाई कुनै कुराले अल्मल्याउन खोजे पनि दुःखकष्ट भने हुनेछैन । शान्त र धीरताकासाथ आफूलाई प्रस्तुत गर्दै अघि बढिनेछ । कसैकसैलाई यो महिनामा सन्तानप्राप्तिको योग रहेकोछ । पेट दुख्ने, रक्तचाप बढ्ने जस्ता स्वास्थ्य समस्या आइलाग्नसक्छ । स्वास्थ्य, खानपान र व्यायाममा ध्यान दिनुपर्ने बेला छ । एकार्काको अहंमा चोट नपुग्ने गरी व्यावहारिक हुनसके दाम्पत्य जीवन सुमधुर रहनेछ ।

तुलाः बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । प्रायः सबैकुरा योजनानुसार मिल्दै जानेछन् । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । नयाा काम/प्रोजेक्ट हात पर्नसक्छ । व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कसैकसैको यो महिनामा लगनगााठो जोडिनसक्छ । पारिवारिक स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला छ । ग्याष्टिक/कब्जियतका बिरामीले पनि खानपानमा सजग रहनुपर्नेछ । झिनामसिना कुराबाट तर्किनसके अनपेक्षित तनावबाट बच्न सकिनेछ । मनलाई कसरी सुखी र खुसी राख्ने भन्ने कुरा आफ्नै सोच र कामकुरामा निर्भर रहनेछ ।

वृश्चिकः मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने उत्साह र जाागर बढ्दा तनमन स्वतःस्फूर्त रहनेछ । आत्मीयजनसितको भेटघाट र सद्भावले मनमा प्रसन्नता बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कार्यक्षेक्रमा सत्रिय रहनसके काममा सफलता मिल्नेछ । कुनै प्रतिस्पर्धात्मक कार्यमा तपाईाको छनौट हुनसक्छ । शान्तमनस्क रहादै सीमित बोलीमै काम सक्ने प्रयास गरेमा अनपेक्षित अपजसबाट बच्न सकिन्छ । कसैकसैलाई वैवाहिक कार्यमा संलग्न रहनुपर्नेछ । नयाा एवं पुराना मित्रवर्गसित भेटघाट गर्ने मौका जुट्नसक्छ । परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । असल र खराब चरिक्रका व्यत्तिको पहिचान गर्दै आफ्नै हितका बारे सोच्दै गन्तव्यमा बढ्नु उचित हुनेछ ।

धनुः व्यक्तिगत काममा सफल भइनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । समयलाई आफू अनुकूल बनाउादै लगिनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । विभिन्न अत्याश्यक कुराहरूको जोहो हुनेछ । कहिलेकाहिा काम गर्दा क्यै बाधा आइहालेपनि आफौ समाधान गर्न लागिपरिनेछ । इष्टमित्रमा कसैको विवाह हुनसक्छ भने कसैको फेरि सन्तानलाभ हुनेछ । आर्थिक क्षेत्रका कार्यमा संलग्न हुनुपर्नेछ । कतैबाट नयाा कामको प्रस्ताव आउनसक्छ । नयाा साथीसित चिनजान गर्ने अवसर मिल्नेछ । छिमेकी, प्रतिस्पर्धी एवं शत्रुवर्गसित काम गर्दा चनाखो रहनुपर्न बेला छ ।

मकरः पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । काम गर्ने उत्साह र जाागर बढ्नेछ । बोली एवं व्यावहारिक काम गर्दा भने सजग रहनुपर्ने बेला छ । कतै जाादा/यात्रा गर्दा मालसामानको राम्रो हेरविचार गर्नुपर्नेछ । चोटपटक लाग्नसक्ने सम्भावना भएकोले भान्सामा वा हिाड्डुल गर्दा पनि सतर्क रहनुपर्नेछ । एकार्काको मनोभावलाई बुझ्दै आफूलाई प्रस्तुत गर्न सकेमा दाम्पत्य जीवन सुखमय रहनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका जुट्नेछ । कतै घुमघाम गर्न जाने अवसर मिल्नसक्छ । पारिवारिक खुसी विचार्दै किनमेल हुनेछ ।

कुम्भःसमय आफू अनुकूल रहनेछ । इच्छानुरूप सबै कुरा मिल्दै जानेछन् । सबैद्वारा तपाईको इच्छा र आवश्यकताको ख्याल गर्दै काम गर्ने प्रयास हुनेछ । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । मनमा भएको तनाव हट्न जाादा तन स्वतःस्फूर्त रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । सन्तानबाट सुखसन्तोष मिल्नेछ । कसैकसैको प्रेमसम्बन्धले यो महिनामा विवाहको मूर्त रूप लिनसक्छ ।

मीनः ससाना कुराले पनि धेरै अल्मल्याउनसक्छ । सोचे अनुरूप सफल हुन अलिक् बढी खट्नुपर्नेछ । शान्त, धीर र सकारात्मक रहादै आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । अपेक्षित व्यक्तिबाटै काममा धोका हुनसक्छ । कसैको कुरामा पूर्ण विश्वस्त नभै विकल्पको रूपमा पनि कामलाई हेर्नुपर्ने हुन्छ । आफ्नो् गोपनीयतामा अडिग् रहादै काम गर्ने प्रयास गर्नुपर्नेछ । दाम्पत्य जीवनमा एकअर्काबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । पुनर्ताजगीका निमित्त आफूलाई बेलाबेलामा समय दीराख्नुपर्ने हुन्छ । जुनै कुरामा पनि आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्ने हुन्छ । टाउको र आाखा दुख्ने सम्भावना रहेकोछ । आर्थिक लेनदेन एवं व्यापारिक कार्य गर्दा सजग रहनुपर्ने बेला छ ।

 Image