Successfully Copied

प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य
मेष
परिवारमा अपेक्षित सहयोग एवं समझदारी कायम रहनेछ । कतै–कुनै नयाँ ठाउँमा घुमघाम गर्ने मौका मिल्न सक्छ । स्वास्थ्य र खानपानमा सहज वातावरणको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । न्यायिक, शैक्षिक, सामाजिक, साहित्यिक एवं प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । कुनै विशेष कार्यक्रममा सहभागी हुनुपर्नेछ । आफ्नो कार्यक्षेत्रबाट विशेष उपलब्धि पाइनसक्छ । रिस गर्नेहरू आफैं तर्किन थाल्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि अपेक्षित सफलता मिल्नेछ ।
वृष
कुनै कुराले गर्दा मन भित्रभित्रै कुँडिनसक्छ । अरूले गरेको राम्रो व्यवहार पनि चित्त नबुझ्नसक्छ । सकारात्मक सोचका साथ तटस्थ रहनसकेसबै कुरा मिल्दै जानेछन् । आफ्नो कर्तव्य र जिम्मेवारीबोध गर्दै काम गर्दा सबै कुरामा सहजता हुनेछ । एक–अर्काको भावना बुझी व्यावहारिक हुनसके दाम्पत्य जीवनमा मधुरता थपिँदै जानेछ । झिनामसिना कुराबाट तर्किनसके मन शान्त रहनेछ । टाउको, आँखा एवं पेट दुख्न सक्ने योग भएकाले मौसमी स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । तपाईंको माया र सहयोगी भावनाको कदर हुनेछ । महिनाको अन्त्यतिरको समय लाभदायी रहनेछ । कुनै कुराले मनमा सन्तोष बढ्नेछ ।
मिथुन
विविध कारणले यात्रा हुनसक्छ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । कुनै उपलब्धिपूर्ण कार्यमा सफलता मिल्नेछ । मन शान्त र धैर्य बन्दा सबै कुरामा सहजता हुनेछ । महिनाको पहिलो हप्ता तपाईं अनुकूल रहनेछ । ग्याँस्ट्रिक, पेट एवं कब्जियतको समस्या हुनेहरूले भने स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने बेला छ । अनावश्यक भैmझमेलामा नपरेकै राम्रो हुनेछ । कुनै पनि काम गर्नुअघि कामको प्रकृतिबारे राम्ररी बुझ्नु नै उचित हुनेछ । कार्यक्षेत्रमा कसै–कसैले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । तटस्थ भएर आपूmलाई प्रस्तुत गर्नुपर्ने बेला छ । स–साना कुराको बेवास्ता गर्नसके दाम्पत्य जीवनमा सम्भावित खटपट टर्नसक्छ ।
कर्कट
मनमा उत्साह र जा“गर बढ्नेछ । कुनै नयँ“ काम गर्ने विचार मनमा आउनसक्छ । मन खुसी हुने विभिन्न बाटाहरू भेटिनेछन् । समय अनुकूल भएर आफ्नो गन्तव्यतिर खटिइनेछ । कसै–कसैको केही समय माइती गएर बस्ने मौका जुट्नेछ भने कसैको कतै घुमघाम हुन सक्छ । सबै कुरा सोचेअनुसार मिल्दै जानेछन् । सन्तानप्रतिको जिम्मेवारीले बढी व्यावहारिक हुन खोजिनेछ । अनपेक्षित रूपमा दम्पतीमा वैचारिक मतभेद देखापर्न सक्छ । सकेसम्म शान्त र सरल रहने प्रयास गर्नुपर्नेछ । साथीहरूसित कतै भेटघाट गर्ने योजना बन्नसक्छ । पारिवारिक वातावरणलाई रमणीय बनाउनेतिर मन लाग्नेछ ।
सिंह
कामविशेषले टाढिएका प्रियजनसित भेट्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । मनमा कुनै नया“ काम गर्ने विचार आउनसक्छ । घरमा कुनै सामग्रीमा हेरफेर हुनसक्छ । मौसमी बिरामीबाट बच्न स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने बेला छ । धार्मिक, सांस्कृतिक एवं सामाजिक कार्यक्रममा उपस्थिति जनाउने मौका मिल्नेछ । विभिन्न व्यक्तित्वहरूसित चिनजान र कुराकानी गर्ने अवसर मिल्नेछ । इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ । छोराछोरीबाट अपेक्षित सुख एवं सन्तोष पाइनेछ । बाल्यकालकाविद्यालयका साथीहरूसित कतै जुट्ने योजना बन्नसक्छ ।
कन्या
बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । काममा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव पाइनेछ । तपाईंको योग्यता र विचारको राम्रो सम्मान हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित साथ एवं समझदारी कायम रहनेछ । व्यावहारिक कार्य गर्दा भने सतर्क रहनुपर्ने बेला छ । कसैका कुरामा तुरुन्त प्रतिक्रिया नजनाउनु नै उचित हुनेछ । प्रायःजसो सबै काम तपाईंकै इच्छा र निगरानीमा सम्पन्न हुनेछन् । झिनामसिना कुराको बेवास्ता गर्नसके मनले खुसीको अनुभूति गर्न सक्नेछ । व्यक्तिगत खुसीका निम्ति केही खर्च हुनेछ ।
तुला
यो महिना राम्रो रहनेछ । कुनै काममा विशेष सफलता मिल्नेछ । कुनै विशेषकामले कतै जानुपर्नेछ । दाम्पत्य जीवनमा माया र समझदारी कायम रहनेछ । पारिवारिक खुसीको ख्याल गर्दै काम गरिनेछ । कुनै खास कामका लागि केही खर्च हुनेछ । कतैबाट आर्थिक लाभ हुनेछ । मन उत्साहित र तन स्वस्थ हु“दा काम गर्ने पराक्रम बढ्नेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रै लाभ हुनेछ । सोचेअनुसार सबै कुरा मिल्न जा“दा मन प्रसन्न रहनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुन सक्छ ।
वृश्चिक
सोचेअनुसार सफलता पाउन खट्नुपर्नेछ । विश्वसनीय व्यक्तिबाट धोका पाइनसक्छ । सकेसम्म अनपेक्षित रहँदै आफै आफ्नो काम गर्नु उपयुक्त रहनेछ । कसैले भने–गरेको, उल्काएको कुराको बेवास्ता गर्नसके मन शान्त रहनेछ । कतैबाट आकस्मिक उपहार पाइन सक्छ । आफ्नो जोडीबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । टाउको र आ“खा दुख्ने योग भएकाले झिनामसिना काम गर्नुपर्दा सतर्क रहनुपर्ने बेला छ । बेला–बेलामा विश्राम लिदै काम गर्दै गर्दा मनले पुनर्ताजगीको आभास गर्नेछ ।
धनु
आत्मीयजनसित भेटघाट गर्ने मौका जुट्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । विभिन्न कामले गर्दा व्यस्त रहनुपर्नेछ । पेट, रक्तचाप एवं मुटुका बिरामीले मौसमी खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला छ । आफ्ना रुचिका कुरामा समय दिन पाइनेछ । व्यक्तिगत कामका लागि केही खर्च हुनेछ । प्रतिस्पर्धीसित व्यवहार गर्दा सजग रहनुपर्नेछ । गोपनीयताको ख्याल गर्दै व्यक्तिगत कुरामा सतर्क रहेकै वेश हुनेछ । आफ्नो जोडीसित कुनै कुरामा मतभेद भएपनि एक–अर्काप्रतिको आस्था र विश्वास भने कायमै रहनेछ । झिनामसिना एवं अरूका कामकुरामा बेवास्ता गर्नसके मन शान्त रहनेछ ।
मकर
योजनानुरूप सबै कुरा मिल्दै जानेछ । रुचिअनुसारका क्रियाकलापमा मन रम्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाटसुख एवं सन्तोष मिल्नेछ । मित्रहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कसैलाई दिएको सापटी रकम फिर्ता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट सम्मान पाइनेछ । सकारात्मक सोचले गरेको कामको नतिजा पनि सकारात्मक नै रहनेछ । इच्छानुसारको किनमेल गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धीहरूसित कुराकानी गर्दा भने सजग रहनुपर्नेछ । सम्बन्धित व्यक्तिबाहेक कसैसित आफ्ना कुरा नभन्नु नै राम्रो हुनेछ ।
कुम्भ
यो महिना अनुकूल रहनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सफलता मिल्नेछ । सन्तानबाट अपेक्षित सुख एवं सन्तोष पाइनेछ । कसैकसैलाई यो महिनामा सम्मानित÷अभिनन्दित हुने मौका मिल्नेछ । तपाईंको वाकपटुता र कार्यशैलीको समाजमा चर्चा हुनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । कतै घुमघाम गर्ने अवसर जुट्नसक्छ । कुनै धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । प्रायः आफ्नै प्रभुत्वमा सबै काम सम्पन्न हुनेछन् । मनले खुसी एवं सन्तोषको अनुभव गर्नेछ ।
मीन
समयानुसार सबै कुरा मिल्दै जानेछन् । मन तनावरहित हुँदा काम गर्ने उत्साह र जाँगर बढ्नेछ । अधूरा कामहरूले पूर्णता लिन खोज्नेछन् । सन्तानबाट अपेक्षित सुख एवं सन्तोष पाइनेछ । धार्मिक कार्यप्रति अभिरुचि बढ्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कतैबाट कुनै कोसेली आउनसक्छ । इच्छानुसारको क्रियाकलापमा संलग्न हुने अवसर मिल्नेछ । न्यायिक, शैक्षिक, राजनीतिक, साहित्यिक क्षेत्रबाट राम्रै सफलता हात पर्नेेछ । बोलीबचनले अनपेक्षितरूपले कसैलाई नराम्रो प्रभाव पार्नसक्छ । बोलीचाली र व्यावहारिक काम गर्दा विशेष सजग रहनुपर्ने बेला छ । 

 Image