Successfully Copied


मेष
साथीहरूसित जमघट हुनसक्छ । व्यक्तिगत खुसीकालागि केही खर्च हुनसक्छ । आर्थिक स्रोत–साधनहरू पनि जुट्दै जानेछन् । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । जिम्मेवारीसहितका विभिन्न कुराको सामना गर्नुपर्दा यदाकदा आक्रोश पैदा हुनसक्छ । बोली र व्यावहारिक कार्यमा संयमित रहनुपर्ने बेला छ । कसैकसैको यो महिनामा जागिरमा स्थानान्तरण हुनसक्छ । बाह्रौं सूर्यले नकारात्मक सोच हावी हुनसक्ने हुँदा वुद्धि–विवेक प्रयोग गरी काम गर्दा समय आफूअनुकूल बन्दै जानेछ ।
वृष
सोचेअनुरूप सबै कुरासम्पन्न हुँदै जानेछन् । कुनै धार्मिक काममा मन आकृष्ट हुनसक्छ । कुनै कामविशेषले वा स्थानान्तरणका कारण कतै जानुपर्ने हुनसक्छ । विभिन्न संघसंस्था–शैक्षिक निकायका व्यक्तित्वहरूलाई मान–सम्मान एवं अभिनन्दन प्राप्त गर्ने योग छ । तनमन स्वस्थ रहँदा कर्तव्यप्रति मन जागरुक रहनेछ । आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुपर्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । विद्यार्थीले शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्नेछन् । कसैकसैलाई सवारीसाधन सिक्ने जाँगर लाग्नसक्छ । तपाईंको व्यक्तित्व र काम गराइबाट कतिपय मानिस प्रभावित हुनेछन् । रिस गर्नेहरूले खुट्टा तान्ने प्रयास गर्नेछन् ।
मिथुन
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ ।सोचेअनुसार काम सम्पन्न हुँदा मनसन्तोष रहनेछ । काम गर्दा विभिन्न क्षेत्रका मानिससँग भेटघाट गर्ने मौका जुट्नेछ । कसैको घरमा विभिन्न कुराको जोहो हुनेछ भने कसैको घरमा कुनै कुरामा हेरफेर हुनसक्छ । दाम्पत्य जीवनमा एक–अर्काको साथ र सहयोग पाइनेछ । महिनाको उत्तरार्द्धको समय बोली एवं व्यावहारिक कार्य गर्दा सजग रहनुपर्ने बेला छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । धार्मिक काममा मन आकृष्ट हुनसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ ।
कर्कट
कतै घुमघाम गर्न जाने मौका जुट्नसक्छ । कसैकसैलाई माइती पक्षसित केही समय बिताउने मौका मिल्नेछ । इष्टमित्र एवं साथीसंगीसितको भेटले मनमा ऊर्जा बढ्नेछ । आफ्नो व्यक्तिगत कामकालागि समय निस्कनेछ । समयलाई आफूअनुकूल तह लगाउन खोजिनेछ । महिनाको पूवार्द्धमैसबै काम सम्पन्न हुनेछन् । उत्तरार्द्धको समयमा भने केही खट्नुपर्ने हुनसक्छ । काम, बोली र व्यवहारमा सतर्क रहनुपर्नेछ । कुनै पनि काम गर्नुअघिराम्ररी विचार गर्नुपर्नेछ । राम्रै हिसाबले गरेको कुरामा पनि अपजस पाइनसक्छ ।
सिंह
कुनै पुरानाकाममा सफलता मिल्नेछ । सन्तान सुख मिल्नुकासाथै पारिवारिक वातावरण सुखमय रहनेछ । आय आर्जनको स्रोत बढ्नेछ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । बदलिँदो मौसमका कारण आफ्नो र पारिवारिक स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला छ । मनमा भएको डर र तुष हटेर जाँदा मन प्रसन्न रहनेछ । सूर्यको प्रभावले दाम्पत्य जीवनमा अनपेक्षित खटपट पर्नसक्छ । शान्त र भद्र तरिकाले व्यावहारिक हुन सके आपसी सद्भाव कायम रहनेछ । कसैकसैको घरमा कुनै धार्मिक कार्य हुनसक्छ । नयाँ एवं पुराना साथीसंगीसित भेटघाट गर्ने मौका जुट्नसक्छ ।
कन्या
सन्तानप्रतिको जिम्मेवारीले व्यस्त गराउनेछ । कुनै नयाँ ठाउँमा घुमघाम हुनसक्छ । छोराछोरीको कुरालाई लिएर खटपट पर्नसक्छ । शान्त, धैर्य, संयमित र व्यावहारिक हुँदै काम गर्नुपर्ने बेला छ । प्रायः सबै काम आफ्नै रोहबरमा सम्पन्न भए पनि बेलाबेलामा अपजसको सामना गरिरहनुपर्ला । अनपेक्षित अपजसबाट बच्न हरेक काममा सतर्कता अपनाउनुपर्ने बेला छ । सीमित बोलीमै तटस्थ रहँदै आफ्नो काम सक्नेतर्फ लाग्नुपर्नेछ । जसले जे गरे–भने पनि बेवास्ता गर्दै अघि बढ्न सके अनावश्यक तनावबाट बच्न सकिनेछ । घरको, आफू र वरिपरिको वातावरण शान्त र सुमधुर बनाउन आफैं चिन्तन–मनन गर्दै काम गर्दा धेरै सहज हुनेछ ।
तुला
तनमन स्वस्थ रहँदा काम गर्ने उत्साह र जाँगर बढ्नेछ । मनमा भएको तुष हटेर जानेछ ।स्वास्थ्य समस्यामा सुधार आउनेछ । योजनानुरूप सबै काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विद्यार्थीलाई पढाइमा स्वदेश वा विदेशमा छात्रवृत्ति पाइनसक्छ । व्यापारिक क्षेत्रमा पनि आर्थिक सुधार हुँदै जानेछ । रमाइलो पारिवारिक भेटघाट हुनेछ । सन्तानबाट सुख–सन्तोष पाइनेछ । साथीहरूसित जमघट हुने मौका जुट्नेछ ।
वृश्चिक
आत्मीयजनसितको भेटघाटले मन रमाउनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत खुसीका लागि कुनै वस्तुको किनमेल हुनेछ । सबै क्षेत्रमा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । इच्छानुसारका क्रियाकलापमा समय दिन भ्याइनेछ । नयाँ एवं पुराना साथीहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ । काम गर्ने उत्साह र जाँगर बढ्दा शरीर पनि स्वस्थ रहनेछ। अपजसबाट बच्न आफ्नो कार्यक्षेत्रमा सचेत रहनुपर्नेछ । आपसीसमझदारी कायम गर्नसके दाम्पत्य जीवन सुखमय रहनेछ । साना केटाकेटीले अभिभावकलाई दुःख दिने सम्भावना भएकालेराम्रोसँग सम्झाउनुपर्नेछ । रिसलाई नियन्त्रणमा राखी धैर्य र शान्तपूर्वक काम गर्न सके सफलता मिल्नेछ ।
धनु
आफ्नै प्रभुत्वमा काम सम्पन्न गरे पनि बेला–बेलामा कसैले काममा तगारो हाल्न खोज्नेछन् । आफ्नै सुझबुझले समस्याको उचित समाधान गर्ने प्रयास हुनेछ । आफ्नो कर्तव्यको पालनागर्दै तटस्थ भएर काम गर्नुपर्नेछ । कसैले राम्रै हिसाबले बोले–गरेका कुरामा पनि खोट निकाल्ने प्रयास गर्नेछन् । खुराफातीहरूसित सतर्क रहँदै काम गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा सामान्य मनमुटाव भए पनि अपेक्षित माया एवं समझदारी कायम रहनेछ । साथीहरूसित कतै जमघट हुने कार्यक्रम बन्नसक्छ । लेनदेनको काममा सफलता मिल्ला । कुनै कामविशेषले कतैको भ्रमण हुनसक्छ । एक–अर्कालाई बुझ्न नवदम्पतीको कतै घुम्ने कार्यक्रम बन्नसक्छ ।
मकर
शारीरिक एवं मानसिक रूपले शरीर स्वस्थ रहँदै कर्तव्यप्रति उत्साह र जागरुकता बढ्नेछ । सन्तान सुख मिल्नुकासाथै पारिवारिक सद्भाव पनि पाइनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ ।कसैलाई सन्तानलाभकोयोग छ भने कसैलाई गर्भवती हुने सौभाग्य मिल्नसक्छ । शान्त एवं धैर्य भई विवेकपूर्ण ढंगले काम गर्नुपर्ने बेला छ । चोटपटक लाग्नसक्ने सम्भावना भएकाले कतै यात्रा, हिँडडुल वा भान्साकै काम गर्दा पनि सतर्क रहनुपर्ने बेला छ । कुनै खास कामकालागि रकमको जोहो हुनेछ । कतै घुमघाम गर्ने विचार आउनसक्छ । कसैलाई नवीन रोजगारी प्राप्त हुनेछ भने कसैको तलबमा बढोत्तरी हुनेछ ।
कुम्भ
व्यक्तिगत काममा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । आफ्ना रुचिका क्रियाकलापमा ध्यान दिइनेछ । काममा बाधा आउने सम्भावना भएकाले सतर्क भएर काम गर्नुपर्ने बेला छ । प्रतिस्पर्धीहरूसित तर्किदै काम गर्नुपर्नेछ । आफन्तबाटै धोका हुनसक्ने भएकाले कसैमाथि भर नपरी गोप्यतामा अडिग रही काम गर्नुपर्नेछ । कुनै कुराले मनलाई अलमल्याउन सक्छ ।सकारात्मक सोचकासाथ कामको प्राथमिकताको ख्याल गर्दै अघि सर्नुपर्ने हुन्छ । विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका जुट्नेछ । व्यक्तिगत खुसीकालागि केही किनमेल हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ ।
मीन
विभिन्न काम–कर्तव्यका कारण बढी व्यस्त हुनुपर्नेछ । वैदेशिक यात्राको योग पनि छ ।सहयोगी हात पछि हट्न सक्ने सम्भावना छ । त्यसैले आफ्नो काम आफैंले गर्दा मनमा सन्तोष हुनेछ । अनावश्यक खर्चको योग भएकाले कुनै पनि सामान किन्दा चिार पुर्‍याउनुपर्नेछ । स–साना कुरामा पनि आफैं खट्नुपर्दा शारीरिक थकान हुनसक्छ । आफ्ना लागि केही समय छुट््याउनु राम्रो हुनेछ । कतैबाट उपहार प्राप्त हुनसक्छ । आर्थिक मामिलाका क्षेत्रमा अपेक्षित सफलता हात लाग्नेछ । ग्यास्ट्रिक एवं मुटुका बिरामीले स्वास्थ्यको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ ।

 Image