Successfully Copied


मेष
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । समय आफू अनुकूल रहनेछ । प्रायः सबै काम–कुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । रोकिएका कामले पनि गति लिन थाल्नेछन् । आफू र आफ्ना कामकालागि समय दिन पाइनेछ । धार्मिक क्षेत्रमा अभिरुचि बढ्नेछ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । व्यावसायिक क्षेत्रकालागि महिनाको उत्तराद्र्ध लाभप्रद रहनेछ । काम गर्दा हरेक क्षेत्रबाट सहयोग पाइनेछ । कसैकसैको विवाह गर्ने योग छ ।


वृष
कुनै विशेष कार्यमा सफलता मिल्नेछ । नयाँ ठाउँ घुमघाम गर्न जाने मौका मिल्नसक्छ । पारिवारिक वातावरण सुखमय हुनेछ । सन्तानबाट सुख एवं सन्तोष प्राप्त हुनेछ । आफ्नो इच्छानुसारको काम, खानपान एवं पहिरनमा मन जानेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकृष्ट हुनेछ । कसैकसैको नयाँ घरमा प्रवेश हुनसक्छ भने कसैको घरजग्गा किनबेच हुनसक्छ । कसैको घरमा भाउजू–बुहारी भित्राउने मौका मिल्नसक्छ । रक्तचापका बिरामीले खानपानमा ध्यान दिनुपर्ने बेला छ । कुनै कुरामा आर्थिक लगानी गर्दा विचार गर्नुपर्नेछ । काम गर्दा आकस्मिक बाधा आउनसक्छ । शान्त र धैर्य भएर सल्टाउने प्रयास गर्नुपर्नेछ ।


मिथुन
काम गर्दा मनमा दोधार हुनसक्छ । अनावश्यक कुराले मन अल्मलाउनसक्छ । आफ्नो जोडीले सुझाएको राम्रो कुरा पनि नराम्रो लाग्नसक्छ । धैर्य र शान्त भएर काम गर्नुपर्ने बेला छ । स्वास्थ्य र खानपानमा ध्यान दिँदै आफूलाई पनि समय दिनु उत्तम रहनेछ । महिनाको उत्तराद्र्धको समय आफू अनुकूल रहनेछ । तनाव हट्नुका साथै काम गर्ने पराक्रम बढ्नेछ । आकस्मिककुनै कुराको लाभ हुनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । पारिवारिक वातावरण सुखमय रहनेछ ।


कर्कट
कसैकसैको लगनगा“ठो जोडिने योग छ । कतै घुमघाम गर्ने मौका जुट्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सोचेअनुरूप सबै कुरा मिल्दै र पुग्दै जानेछन् । कुनै विशेष कार्यमा सहभागी हुने अवसर मिल्नेछ । गरगहना एवं विभिन्न सरसामग्रीको किनमेल हुनसक्छ । व्यक्तिगत कामकालागि पनि समय निस्कनेछ । व्यापारिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । आर्थिक पक्ष पनि सुदृढ रहँदा आफ्ना लागि पनि केही खर्च गरिनेछ । प्रतिस्पर्धात्मक क्रियाकलापमा सफलता मिल्नेछ । स्वास्थ्यमा आकस्मिक समस्या हुनसक्छ । खानपान र रहनसहनमा ध्यान दिनुपर्ने बेला छ ।


सिंह
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै मनमा भएको चिन्ता हटेर जानेछ । शरीर स्वस्थ हुँदा काम गर्ने पराक्रम बढ्नेछ । मन भित्रैदेखि खुसी हुँदा सबै काम गर्न मन रमाउनेछ । विभिन्न कुराको संग्रह गरिनेछ । व्यक्तिगत खुसीकालागि किनमेल हुनेछ ।पारिवारिक वातावरण सुखमय रहनेछ । इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नसक्छ । विभिन्न खालका क्रियाकलापमा संलग्न रहनुपर्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । वैवाहिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नसक्छ ।


कन्या
विभिन्न कुराको सामना गर्नुपर्नेछ । परिस्थितिलाई आफूअनुरूप बनाउनुपर्नेछ । कहिलेकाहीँ तनाव भएपनि आफ्नै सुझबुझले हटाउने प्रयास गर्नुपर्नेछ । नयाँ र पुराना मित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । शान्त र धैर्यपूर्वक अघि बढे दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । मौसमी बिमारीबाट बच्न स्वास्थ्यको ख्याल गर्नुपर्ने बेला छ । आर्थिक क्रियाकलापमा संलग्न हुनुपर्ला । परिवारमा कसैलाई सन्तानलाभ हुनसक्छ । इष्टमित्रमा कसैको विवाह हुनसक्छ । प्रतिस्पर्धीले अनाहकमा खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आफ्नो गोपनीयतामा सजग रहँदै कार्यक्षेत्रमा सक्रिय रहनु नै उत्तम रहनेछ ।


तुला
पारिवारिक सुख–समृद्धि बढ्नेछ । कसैबाट कुनै सम्मान पाइनसक्छ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । विभिन्न कुराको जोहो हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तान सुख मिल्नेछ । कसैकसैको विवाह हुनसक्छ । व्यावहारिक कामगर्दा सजग रहनुपर्ने बेला छ । कसैसित व्यंग्यात्मक कुरा गर्नुअघि राम्ररी विचार गर्नुपर्नेछ ।


वृश्चिक
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । स्वास्थ्यस्थिति राम्रो रहँदा काम गर्ने उत्साह र जाँगर बढ्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । नयाँ रोजगारीको सम्भावना छ । कुनै विशेष कामले कतै जानुपर्नेछ । कसैकसैको बढुवा वा बसाइसराइ हुनसक्छ । कसैको फेरि गृहस्थी जीवन सुरू हुनेछ । कसैको नयाँ घर सर्ने साइत जुर्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । कुनै कुराले मनमा हर्ष बढ्नेछ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनेछ ।


धनु
छिमेकी एवं प्रतिस्पर्धीले अनाहकमा दुःख दिनसक्छन् । तटस्थ र आत्मविश्वासी हुँदै काम गर्दा उत्तम हुनेछ । सहयोगी हातहरू पनि तर्किन खोज्दा कामको भार पर्नसक्छ । कसैबाट कुनै कुराको अपेक्षा नगरी समय व्यवस्थापन गर्दै आफैं काममा खटिनु लाभप्रद हुनेछ । मालसामान छुट्ने वा हराउने सम्भावना भएकाले कतै जाँदा पनि सजग रहनुपर्नेछ । कसैसित लेनदेनको काम गर्दा पनि धैर्य गर्नुपर्नेछ ।स्वास्थ्य र खानपानमा पनि विशेष ख्याल गर्नुपर्नेछ । आफैंले आफ्नो सहजताको ख्याल गरी काम गर्नुपर्ने बेला छ । काममा बाधा–अवरोध आए पनि शान्तस्थितिले सल्टाउन खोजे समाधानको उपाय निस्कनेछ ।


मकर
कुनै कामले यात्रा गर्नुपर्नेछ । स–साना कुरामा पनि खट्नुपर्दा धपेडी हुनसक्छ । कामको प्राथमिकतानुसार समयको व्यवस्थापन गर्नसके आफैंलाई सहज हुनेछ । एक–अर्काको भावनालाई बुझेर काम गर्दा दाम्पत्य जीवनमा मधुरता थपिनेछ । पेट, मुटु, छाती आदिका बिरामीहरूले स्वास्थ्य र खानपानमा विशेष सजगता अपनाउनुपर्नेछ । कसैसित पनि बढी घनिष्ठ नहुनु नै राम्रो हुनेछ । आफ्नो व्यक्तिगत र गोप्य कुरालाई आफूमै सीमित राख्नु राम्रो रहनेछ । कसैले केही भनिहाले भने पनि रिस दबाउँदै तुरुन्त प्रतिक्रिया नदिनु नै कल्याण हुनेछ । कसैले वास्ता गरे वा नगरे पनि आफ्नै कर्तव्यमा डट्दै अघि बढ्नु उचित हुनेछ ।


कुम्भ
विभिन्न कामकुरामा संलग्न रहनुपर्नेछ । सोचेअनुरूप सफल हुन अलिक बढी नै खट्नुपर्नेछ । नकारात्मक प्रवृत्तिले तपाईंलाई उल्काउने र काममा भाँजो हाल्ने प्रयास गर्नसक्छन् । सकारात्मक रहँदै आफ्नो कामकुरामा अडिग रहनु नै उत्तम हुनेछ । बोली र व्यावहारिक काम गर्दा सजग रहनुपर्ने बेला छ । तटस्थ रहँदै आफ्नो मनोवृत्तिमै रम्नु उचित हुनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनसक्छ । मित्रहरूसित कतै जुट्ने अवसर मिल्नेछ ।


मीन
कुनै विशेष काममा सहभागी हुने मौका मिल्नेछ । धार्मिक कामकुराप्रति झुकाव बढ्नेछ । मनमा भएको तनाव हट्दा शरीर स्वस्थरहनेछ । कुनै कुराले मनमा प्रसन्नता बढ्नेछ । धार्मिक, सामाजिक, शैक्षिक, राजनीतिक, व्यापारिक आदि कार्यमा भनेजस्तो सफलता मिल्नेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । एक–अर्कालाई राम्ररी बुझ्ने मौका मिल्नेछ । माइती वा मावलीबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । कहिलेकाहीँ जोसमा बोलेका कुराले अपजस निम्त्याउनसक्छ । व्यावहारिक काम गर्दा विशेष सजगता अपनाउनुपर्नेछ । नवविवाहिताहरूले परेको खण्डमा सम्बन्धित व्यक्तिसित सुझाव लिएर काम गर्नु उपयुक्त हुनेछ । 

 Image