Successfully Copied

क्याजुअलमा जिन्स नै हावी हुने

जिन्स कहिल्यै फेसनबाट आउट नहुने आउटफिटमध्ये एक हो । जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन आएर त्यसले फेसन बजारलाई लिड गरिरहेको हुन्छ ।

परी श्रेष्ठ, फेसन डिजाइनर

जिन्स कहिल्यै फेसनबाट आउट नहुने आउटफिटमध्ये एक हो । जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन आएर त्यसले फेसन बजारलाई लिड गरिरहेको हुन्छ । यो वर्ष डे टु डेका लागि जिन्सजस्तो देखिन जिन्े पातलो सफ्ट जिन्स फेसनमा रहनेछ । पहिलेको बाक्लो जिन्सको ठाउँमा सफ्ट जिन्स पाइन्ट तथा जिन्स सर्ट रुचाइनेछ । फिटिङभन्दा लुज सर्ट, लामो टिसर्ट पनि उत्तिकै चल्तीमा रहनेछ । टिनएजरहरूले पनि फिटिङ जिन्सभन्दा लुजप्रति नै रुचि देखाउनेछन् । जिन्सको साटो लाइक्राका पाइन्ट फेसनमा रहनेछन् । ९० को दशकमा लगाइने जिन्स र जिन्सको सर्टको फेसन हावी हुनेछ । जिन्स पाइन्टसँगै रक्की जिन्स पाइन्ट, जिन्स स्कर्ट, जिन्स वान पिस, जिन्स सर्ट आदि चल्नसक्छन् भने प्रिन्टेड एवं धर्के पाइन्टहरू पनि उत्तिकै लोकप्रिय हुनेछन् । क्याजुअल वेयरमा ठूलो साइजको ड्रेसमा बेल्ट लगाउने, लेयर रफल ड्रेसहरू भित्रिनेछन् । यसपटक बटन भएका पहिरन पनि फेसनमा रहनेछन् । स्कर्टको माथिदेखि तलसम्म, घाँटीका साइडहरूमा बटन राखिएका पहिरन पनि रुचाइने अनुमान छ । प्रिन्टेड टिसर्ट पनि टिनएजरहरूले एकदमै रुचाउने सम्भावना छ । यसपटक ठूल्ठूला ब्यागको ठाउँमा चारपाटे स–साना ब्याग महिला तथा युवतीहरूको रोजाइमा रहनेछ । 

 Image