Successfully Copied


प्रीति आत्रेय ज्ञवाली,फलित ज्योतिषाचार्य

मेष
समस्याको समाधान हुनेछ । सबै कुरा क्रमशः पूरा हुँदै जानेछन् । मन तनावरहित हुँदा काम गर्ने पराक्रम बढ्नेछ । साथीसँग भेटघाट गर्ने मौका जुट्नेछ । कुनै नयाँ काममा हात हाल्ने समय जुर्नेछ । शत्रुहरू आफैं तर्किन थाल्नेछन् । किनमेल गर्ने अवसर जुट्नेछ । छोराछोरीको खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्नेछ । साना–साना नानीबाबुहरूलाई तिनकै भाषामा सम्झाउनुपर्नेछ । दाम्पत्य जीवनमा एक अर्कामा राम्रो समझदारी कायम रहनेछ ।

वृष
गरेको काममा अपेक्षित सफलता मिल्नेछ । आर्थिक क्षेत्रसँग सम्बन्धित काममा पनि सफलता हात लाग्नेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । कसैको नयाँ जागिर वा पदोन्नति हुने सम्भावना पनि रहेकोछ । प्रतिस्पर्धीहरूले खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आफ्नो गोपनीयतामा अडिग रहँदै काम गर्नुपर्ने बेला छ । कसैसँग घनिष्ट नहुनु नै राम्रो हुनेछ । साथीसित रमाइलो जमघट हुनेछ । परिवारमा कसैलाई सन्तान लाभका साथै आकस्मिक रूपमा धन लाभ हुनेछ । कुनै कुराले बेला–बेलामा मन दुःखी हुनसक्छ, सकेसम्म आपूmलाई काममा भुलाउँदै सकारात्मक रहने प्रयास गर्नुपर्नेछ ।

मिथुन
मनमा कुरा खेल्नसक्छन् । बोल्दा र व्यावहारिक काम गर्दा निकै सजग रहनुपर्ने बेला छ । पेटका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कामविशेषले टाढिएका सन्तानको सम्झनाले भावुक गराउनेछ । महिनाको उत्तराद्र्धको समय तपाईं अनुकूल रहनेछ । आफ्ना बारेमा सोच्ने मौका मिल्नेछ । प्रायः सबै काम आफ्नै दिशानिर्देशमा सम्पन्न हुनेछन् ।

कर्कट
समय तपाईंकै पक्षमा रहनेछ । मन उत्साहित हुनुका साथै तन पनि स्वस्थ रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । इच्छा लागेका कामकुरामा समय दिन पाइनेछ । मन परेका सामग्रीको किनमेल गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । कतै घुमघाम गर्न जाने अवसर जुट्नसक्छ । सबै कुरा सोचेअनुरूप गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

सिंह
सामाजिक कुराको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । कसैको भनाइ वा गराइमा नलागी आफ्नो ख्याल आफैँ गर्नुपर्नेछ । काम गर्दा विभिन्न कुराको सामना गर्नुपर्ने हुनसक्छ । सकेसम्म काम गर्दा हरपल चनाखो भैराख्नुपर्ने हुन्छ । मालसामान छुट्ने वा हराउने सम्भावना भएकाले सजग रहनुपर्नेछ । व्यापार घाटा हुनसक्ने भएकालेनयाँ काममा लगानी नगर्नु नै राम्रो हुनेछ । महिनाको उत्तराद्र्ध तपाईं अनुकूल रहनेछ । विस्तारै सबै कुरा मिल्दै जानेछन् । आफ्ना कामकुराकालागि समय दिन भ्याइनेछ । तपाईंको विचारलाई बुझी काम गर्ने प्रयास हुनेछ । दाम्पत्य जीवनमा मधुरता थपिनेछ ।

कन्या
विभिन्न कामको जिम्मेवारी बढ्नेछ । स–साना काममा पनि आफै खटिनुपर्नेछ । अनपेक्षित रहँदै काम गर्नुपर्ने बेला छ । समय र कामको तालमेल मिलाउन सके आपैmलाई सहज हुनेछ । सकारात्मक सोच राखी काम गर्दा तनाव आपैm हटेर जानेछ । कसैले केही भनेका बेला आपूm संयमित हुनु जरूरी देखिन्छ । पेट, मुटु, रक्तचापका बिरामीहरूले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । काम गर्दा अनावश्यक बाधा आइलागेपनि आपैm समाधानको बाटो खोजिनेछ । आत्मसम्मान र आत्मविश्वासकासाथ काममा डट्न सके सबै कुरा सहज हुँदै जानेछन् ।

तुला
प्रक्रियागत रूपले काममा सफलता मिल्नेछ । सकारात्मक सोचका साथ काममा सक्रिय रहनुपर्ने समय छ । कसैले भने÷गरेका कुरामा भन्दा आत्मविश्वासमा टिक्दै काम गर्दा धेरै सरल हुनेछ । सन्तानबाट सुख–सन्तोष पाइनेछ । दाम्पत्य जीवनमा बेलाबेलामा मतभेद भैरहे पनि समझदारी भने कायमै रहनेछ । मनले सन्तोषी बन्ने प्रयास गर्नेछ ।संयमित र शान्त रहँदै काम गर्नसके सम्भावित कलह÷अपजसबाट बच्न सकिनेछ । टाउको र आ“खाले दुःख दिनसक्ने हु“दा सूक्ष्म तवरका कामलाई परहेज गर्नसके तनलाई आराम मिल्नेछ ।

वृश्चिक
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । योजनाबद्ध ढंगले सबै कुरा सम्पन्न हुँदै जानेछन् । कुनै नयाँ ठाउँको यात्रा गर्ने मौका जुर्नेछ । नयाँ रोजगारीको प्रबल सम्भावना पनि छ । कुनै धार्मिक कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । सवारीसाधन जोडिने सम्भावना छ । आर्थिक पक्ष सुदृढ हुँदै जानेछ । व्यापारिक क्षेत्रबाट पनि राम्रो धनलाभ हुनेछ । इष्टमित्रबाट राम्रो सद्भाव पाइनेछ ।

धनु
यो महिना तपाईंको अनुकूल नै रहनेछ । गरेको काममा सफल हुँदै गइनेछ । कुनै विशेष कार्यमा अनुबन्धित हुने मौका मिल्नेछ । समाजमा तपाईंको कामकुराको चर्चा हुनेछ । न्यायिक, सामाजिक, शैक्षिक, प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । रोकिएका कामहरूले गति लिन थाल्नेछन् । बेलाबेलामा कुनै कुराले काममा अवरोध खडा गर्नसक्छ । समसामयिक कुराको ख्याल गर्दै प्राथमिकताका कुरामा ध्यान दिनुपर्ने बेला छ । महिनाको पूर्वाद्र्धको समय सकेसम्म आर्थिक कार्यमा संलग्न नहुनु नै राम्रो हुनेछ । व्यापारिक क्षेत्रमा महिनाको उत्तराद्र्धमा बढी फलदायी हुने देखिन्छ ।

मकर
कुनै काममा विशेष सफलता मिल्नेछ । आर्थिक क्रियाकलापका काम गर्दा सजग रहनुपर्नेछ । काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छन् । आफ्नै सुझबुझले समाधानको बाटो खोजिनेछ । अनपेक्षित रहँदै काम गर्दा अनावश्यक तनावबाट राहत मिल्नेछ । सन्तान सुख मिल्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको भावना बुझ्ने प्रयास गरिनेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कुनै नयाँ ठाउँको अवलोकन गर्ने मौका मिल्नेछ ।

कुम्भ
सोचेअनुरूप सफलता पाउन काममा बढी खटिनुपर्नेछ । स्वास्थ्य एवं खानपानको पनि राम्रो ख्याल गर्नुपर्नेे बेला छ । कुनै कुराले अनाहकमा चिन्तित गराउने र काममा जाँगर नलाग्ने हुनसक्छ । सकेसम्म सकारात्मक र क्रियाशील रहनसके मन सन्तोषी बन्नेछ । अत्यावश्यक र आपूmसँग सम्बन्धित कुरामा मात्र जोड दिनु राम्रो हुनेछ । महिनाको उत्तराद्र्ध केही सहज रहनेछ । सन्तानबाट सुख–सन्तोष पाइनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछ । नवीन वस्त्रप्राप्तिको योग छ । विविध कुराले मन खुसी रहन खोज्नेछ ।

मीन
अपेक्षितरूपले काममा सफलता मिल्दै जानेछ । कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्नेछ । प्रतिस्पर्धात्मक कार्यमा संलग्न हुने मौका मिल्नेछ । टाउको, आँखा र पेटसम्बन्धी समस्या हुनसक्छ । दाम्पत्य जीवनमा राम्रै समझदारी कायम भए पनि बेलाबेलामा खटपट पर्नसक्छ । राम्रै हिसाबले गरेको कुरा र व्यवहारमा पनि अपजस पाइनसक्छ । संयम र शान्त रहँदै काम गर्नुपर्नेछ । नबोली नहुने ठाउँमा मात्र तर्क प्रस्तुत गर्नु मुनासिब रहनेछ । आफ्नो आत्मसम्मानको ख्याल गर्दै आपूm असम्बन्धित कुरामा चासो नदिनु नै लाभप्रद रहनेछ ।

 Image