Successfully Copied

प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य


मेष
कुनै कुराले मन विचलित हुनसक्छ । मनमा उत्साह घट्दा काम गर्ने जाँगरमा कमी आउनसक्छ । सकेसम्म आपूmलाई संयम र सकारात्मक राख्ने प्रयास गर्नुपर्नेछ । इष्टमित्रलाई तपार्इंको सहयोगको आवश्यकता पर्नेछ । आफ्नो स्वाभिमानको ख्याल गरेर काम गर्नुपर्ने बेला छ । मनमा भएको तनावका कारण दाम्पत्य जीवनमा केही विवाद हुनसक्छ । आत्मविश्वासी हुँदै प्राथमिकताका काममा ध्यान दिनसके सबै कुरा सहज हुँदैजानेछन् । टाउको, आँखा र पेटसम्बन्धी समस्या आउनसक्छन्् । रक्तचापका बिरामीहरूले खानपानमा ध्यान दिनुपर्ने बेला छ ।

वृष
कुनै कामविशेषले यात्रा हुनेछ । मान्यजनसित रमाइलो भेटघाट गर्ने मौका मिल्नेछ । रोजगारीको सिलसिलामा कसैलाई कतै खटिनुपर्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । आफ्नो खुसीका निमित्त केही खर्च र समय खर्चिने मौका जुट्नेछ । कसैकसैको वैवाहिक योगको सम्भावना छ । कुनै विशेष काममा सफल भइनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो अवसर प्राप्त हुनसक्छ ।

मिथुन
इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कुनै शुभ कार्यमासहभागी हुनुपर्नेछ । सबै अधूरा काम क्रमिकरूपमा पूरा हुँदै जानेछन् । मन तनावरहित हुँदा शरीर पनि स्वस्थ रहनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । जोडीको तर्पmबाट राम्रो समाचार सुन्न पाइन्छ । कहिलेकाहीँ वैचारिक मतभेद हुनसक्छ । आपूmलाई सकेसम्म शान्त र तटस्थ राख्ने प्रयास गर्नुपर्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ ।

कर्कट
योजनानुसार गरेको काममा सफलता मिल्नेछ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । कसैकसैको प्रेमसम्बन्धले गृहस्थीको रूप लिनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सफलता मिल्नेछ । झिनामसिना कुराले बाधा पु¥याउन खोजे पनि उम्किन सफल भइनेछ । इच्छानुसारका क्रियाकलापमा आपूmलाई संलग्न गराउने अवसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा प्रगाढता छाउनेछ । तपाईंको विचार एवं सद्भावनाको सम्मान हुनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुमधुर रहनेछ ।

सिंह
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । दाम्पत्य जीवनमासमझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । इष्टमित्रसित भेटघाट गर्ने अवसर मिल्नेछ । छोराछोरीले कुनै कुरामा जिद्दी गर्नसक्छन्, तिनलाईसम्झाउनु उत्तम रहनेछ । कुनै कुरामा अभिभावकसित पनि विचार नमिल्नसक्छ । शान्त, धैर्य र संयम हुँदै काम गर्नुपर्ने बेला छ । बोली र व्यावहारिक कामगर्दा सजगता अपनाउनुपर्नेछ । व्यक्तिअनुसार स्वभाव बुझ्दै व्यवहार गर्दा आपैmलाई सजिलो हुनेछ । कुनै करामा नहतारिएकै राम्रो हुनेछ । वैवाहिक कार्यमा सहभागी हुनुपर्नेछ । पारिवारिक खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्नेछ ।


कन्या
योजनानुसार सबै कुरा मिल्दै जानेछन् । कुनै कामविशेषले यात्रा गर्नुपर्नेछ । कतैबाट लिन बाँकी रकम फिर्ता मिल्नेछ । कुनै कार्यमा आर्थिक लगानी गर्नुपर्नेछ । शरीर स्वस्थ र सन्तुष्ट रहनेछ । इष्टमित्र एवं विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका जुट्नेछ । कामकै सिलसिलामा विभिन्न ठाउँमा भ्रमण गरिरहनुपर्नेछ । कुनै क्षेत्रमा आकस्मिक लाभ हुनेछ । व्यक्तिगत काम एवं खुसीकालागि केही खर्च हुनेछ । पारिवारिक सुख एवं सहयोग पाइनेछ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ । सबैले तपार्इंको भावना बुझेर काम गर्ने प्रयास गर्नेछन् ।

तुला

काममा भनेजस्तो सफलता पाउन बढी खट्नुपर्नेछ । कसैको बढी भर–विश्वासमा पर्दा धोका पाइनसक्छ । सकेसम्म आफ्नो काम आपैm गर्ने प्रयास गर्नुपर्नेछ । काम नसकिउन्जेल गोप्यतामा अडिनु नै राम्रो हुनेछ । आकस्मिकरूपले कतैबाट सहयोगी मनको साथ पाइनसक्छ । मित्रहरूसित भेट्ने मौका जुट्नेछ । कुनै कुराले मनमा असहज हुनसक्छ । सवारीसाधन किनबेच गर्ने विचार मनमा आउनसक्छ र बुझ्ने प्रयास पनि हुनेछ । अनावश्यक खर्चको योग भएकाले आर्थिक लगानी गर्दा चनाखो रहनुपर्नेछ । टाउको–आ“खा दुख्ने सम्भावना रोक्न तिनलाई जोड पर्ने काम नगरेकै उत्तम हुनेछ ।

वृश्चिक
नयाँ साथीसित मित्रता गर्ने अवसर मिल्नेछ । सहयोगी हात पछि हट्नसक्छन् । आफ्नो काम आफैंले गर्नुपर्नेछ । समय र कामको तालमेल मिलाउँदै काम गर्न सके धेरै सजिलो हुनेछ । कुनै कामविशेषले यात्रा गर्नपर्नेछ । बेलैमा आपूmलाई चाहिने सामान र कागजपत्रको जोहो गर्नु नै बुद्धिमानी हुनेछ । विभिन्न कूटनैतिक कुरा गरी कसैले आन्तरिक कुरा बुझ्ने प्रयास गर्नसक्छन् । स्वभाव र आनीबानी थाहा नभएकासित धेरै नखुलेकै राम्रो हुनेछ ।सानातिना झन्झटिला काममा नअलमलिए तनाव स्वतः घट्नेछ । स्वास्थ्य, खानपान तथा आराममा भने सजग रहनुुपर्ने हुन्छ ।

धनु
कुनै कुराले अनाहकमा चिन्तित गराउनेछ । समसामयिक परिस्थितिले गर्दा विभिन्न कुराको सामना गर्नपर्नेछ । शान्त, धैर्य र संयम रहनु नै राम्रो हुनेछ । कसैसित वैचारिक मतभेद भए पनि सरल तरिकाले कुरा टुंग्याउनु राम्रो हुनेछ । समय अनुकूल नभएकाले कुनै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । आत्मविश्वासी हुँदै आत्मसम्मानको ख्याल भने आपैmंले गर्नुपर्नेछ । के कुरा कत्तिको उपयुक्त र सार्थक छ भन्ने बुझी कदम चाल्नसके भविष्यमा ढुक्क हुन सकिनेछ । आवेशमा आएर वा लहलहैमा कुनै काम गर्नु हुँदैन ।

मकर
कुनै विशेष काममा सहभागी हुनुपर्नेछ । धार्मिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ । कुनै कामविशेषले भ्रमण गर्ने अवसर जुट्नसक्छ । न्यायिक, प्रतिस्पर्धात्मक, संस्थागत र शैक्षिक कार्यमा सफल हुने अवसर प्राप्त हुनेछ । कसैकसैको टेलिभिजन वा पत्रपत्रिकामा अन्तर्वार्ता प्रसारित–प्रकाशित हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रै फाइदा हुनेछ । कुनै खास कामकालागि मिति तोकिन सक्छ । व्यक्तिगत काममा पनि सक्रिय भइनेछ । बेलाबेलामा दम्पतीमा टकरार भएपनि अपेक्षित माया र समझदारी भने यथावतै रहनेछ ।

कुम्भ
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । माङ्गलिक कार्यमा सहभागी भइनेछ । कसैलाई सन्तानलाभको योग पनि छ । घरमा रंग लगाउने वा कुनै कुरामा हेरफेर हुनसक्छ । रोकिएका कामहरू क्रमशः अघि बढ्न थाल्नेछन् । आफ्नो लगानी रहेको कारोबारबाट विशेष सफलता मिल्नेछ । माइती–मावलीसित भेटघाट हुनेछ । कसैकसैको गृहस्थ जीवन प्रवेश गर्ने योग छ । पारिवारिक वातावरण सुखमय रहनेछ । सबै कुरा उचित ढङ्गले सम्पन्न हुनेछन् । धेरै पछि मनले एक प्रकारको सन्तुष्टिको अनुभव गर्नेछ ।

मीन
कुनै कामले पारिवारिक भेटघाट हुनेछ । इष्टमित्रमा कसैको विवाह हुनेछ । कसैकसैलाई भाउजू–बुहारी घर भि¥याउने मौका मिल्नेछ । कसैकसैलाई आफैं बेहुली भएर गृहप्रवेश गर्नुपर्नेछ । परिवारबाट अपेक्षित सहयोग पाइनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै कुराले कुनै समस्या आइहाले पनि आपैm समाधान गर्ने बाटो खोजिनेछ । सकेसम्म आफ्नो काम आपैm गर्ने प्रयास हुनेछ । तटस्थ रहेर काम गर्दा कसैले हस्तक्षेप गर्ने छैनन् । रिस गर्नेहरू आपैm तर्किन थाल्नेछन् । आफ्नो शरीरको ख्याल गरेर सीमित रूपमा बोल्दा उत्तम हुनेछ ।

 Image