Successfully Copied


मेष
पारिवारिक वातावरण सुखमय रहनेछ । आफन्त एवं इष्टमित्रसित रमाइलो जमघट हुनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ हुनेछ । कतै यात्रा वा घुमघाम गर्ने योग रहेको छ । कुनै पनि काम गर्दा नहस्किनु र सबैमा आफ्नै कुरा नलाद्नु नै उत्तम रहनेछ । बोली एवं व्यवहारमा सजग रहँदै काम गर्नुपर्ने बेला छ । परिवारमा कसैलाई सन्तानलाभ हुनसक्छ । महिनाको उत्तराद्र्धमा कुनै कुराको आकस्मिक लाभ हुनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । एक–अर्काको भावना बुझेर काम गर्न सके दाम्पत्य जीवनमा मधुरता थपिनेछ ।


वृष
मनमा उत्साह र तनमा जाँगर बढ्दा शरीर स्वस्थ रहनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । आफ्नो कार्यक्षेत्रमा प्रगति हुनेछ । कुनै विशेष काममा सहभागिता जनाउने मौका मिल्नेछ । प्रतिस्पर्धीहरू आपैmं तर्किन थाल्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । मान्यजन एवं इष्टमित्रसित भेट्ने मौका जुट्नेछ । कुनै नयाँ काममा तपाईंलाई अघि सर्नुपर्नेछ । पारिवारिक खुसी मिल्नेछ । कतै घुमघाम गर्ने अवसर जुर्नसक्छ । काम गर्दागर्दै अचानक रिस उठ्नसक्छ । बोल्दा एवं व्यावहारिक काम गदौ धैर्य र संयम हुनुपर्ने देखिन्छ ।


मिथुन
पारिवारिक सुख–समृद्धि बढ्नेछ । मनमा भएको तनाव घट्दै जानेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । काम गर्ने उत्साह र जाँगर बढ्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । कसैले तपाईंको कान भर्ने प्रयास गर्नसक्छन्, सजग रहनुपर्ने बेला छ । झिनामसिना कुराबाट तर्किन सके मनमा शान्ति र स्थिरता कायम रहनेछ ।


कर्कट
पारिवारिक खुसीकानिम्ति केही खर्च हुनेछ । व्यक्तिगत सुखको पनि उत्तिकै ख्याल गरिनेछ । सकेसम्म आफ्नै प्रयासमा सबै कार्य सम्पन्न हुनेछन् । व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्ने बेला छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । एक–अर्काको भावनालाई राम्ररी बुझ्ने प्रयास गर्नसके सम्बन्धमा मधुरता थपिनेछ । रक्तचापका बिरामीले खानपानमा ध्यान दिनुपर्नेछ । घरमा पाहुनाको आवागमन भैराख्नेछ । सन्तानलाभको योग पनि छ । समसामयिक अवस्था बुझ्दै आफ्नो अनुकूलताको पनि ख्याल गर्दै काम गर्नुपर्नेछ ।


सिंह
समष्टिगत रूपमा महिना सन्तोषजनक रहनेछ । मन उत्साहित र तन जा“गरिलो बन्दा शरीर स्वस्थ रहनेछ । सबै कुरा आपूmले सोचेअनुरूप पूरा हँुदै जानेछन् । आफ्नो रुचिको कामकुरामा पनि समय दिन भ्याइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सबल रहनेछन् । कतै घुमघाम गर्न जाने मौका जुट्नसक्छ । विभिन्न कुराको लाभ हुनेछ । तपाईंको खुसी एवं सुखसुविधाको ख्याल गर्दै काम गरिनेछ । सबैबाट राम्रो सद्भाव पाइनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ ।


कन्या
यो महिना तपाईंकालागि निकै व्यस्तपूर्ण रहनेछ । सीमित समयमा धेरै काम भ्याउनुपर्दा निकै परिश्रम पर्नसक्छ । कामको प्राथमिकता हेरेर खट्नुमै बुद्धिमानी हुनेछ । विश्वसनीय व्यक्तिबाटै काममा धोका हुनसक्छ । आर्थिक लेनदेनको काममा सजगता अपनाउनुपर्नेछ । सकेसम्म गोपनीयतामा ध्यान दिएरकाम गर्नुपर्ने बेला छ । टाउको एवं आ“खा दुख्ने समस्या हुनसक्छ । रक्तचापका बिरामीले स्वास्थ्यमा सजग रहनुपर्नेछ । नकारात्मक सोच र झिनामसिना कुराबाट टाढै रहे मनमा सन्तोष हुनेछ । पारिवारिक सुख मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । व्यक्तिगत काम एवं खुसीकालागि समय निस्कनेछ ।


तुला
वैदेशिक यात्राको योग छ । सीमित समयमा धेरै काम भ्याउनुपर्दा धपेडी हुनसक्छ । केही समय विश्रामका निमित्त पनि छुट्याउनुपर्नेछ । सहयोगी हात पछि हट्नसक्छन् । अनपेक्षित रहँदै आफ्नो काम आपैm सक्ने प्रयास गर्नुपर्नेछ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्य र खानपानमा ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छ । शान्त र संयम रहँदै आफूलाई प्रस्तुत गर्नुपर्नेछ । नयाँ साथीसँग मित्रता गाँसिनेछ । व्यक्तिगत इच्छापूर्तिका निम्ति केही खर्च हुनेछ । के कुरालाई प्राथमिकता दिने भन्ने ख्याल गर्दै काम गर्नुपर्नेछ । बोली एवं व्यवहारमा सजगता अपनाउनुपर्नेछ ।


वृश्चिक
सकारात्मक विचारधाराले गरेको कामले सकारात्मक प्रतिफल दिनेछ । आफ्नो काम आपैmले गर्ने प्रयास गर्नुपर्नेछ । राम्रै हिसाबले गरेका कामकुरामा पनि अपजस पाइनसक्छ । सकेसम्म सीमित बोल्नु र कसैसित ठट्टा नगर्नु नै लाभप्रद रहनेछ । दाम्पत्य जीवनमा कुनै कुरामा वैचारिक मतभेद हुनेछ । एक–अर्काको भाव बुझ्दै कुनै कुरामा सम्झौता गर्नु राम्रो हुनेछ । विभिन्न व्यक्तिसित भेटघाट गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुदृढ हुँदाहुँदै पनि कुनै कुरामा बाधा हुनसक्छ । हतारिएर कुनै पनि कार्यमा लगानी नगरेकै वेश हुनेछ । परिस्थितिअनुसार धैर्यधारण गर्ने प्रयास गर्नुपर्नेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । आत्मसम्मानको ख्याल गर्दै आत्मविश्वासमा कमी हुन नदिई काममा खट्नुपर्ने बेला छ । नयाँ एवं पुराना साथीहरूसित कतै भेटघाट गर्ने मौका जुट्नसक्छ ।


धनु
धार्मिक क्षेत्रतर्फ तपाईंको झुकाव बढ्नेछ । कुनै कामविशेषले यात्रा गर्ने मौका जुट्नेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कतैबाट कुनै कुराकालागि निमन्त्रणा प्राप्त हुनसक्छ । कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया, सद्भाव एवं समझदारी कायम रहनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन्। कतैबाट आकस्मिक उपहार पाइनसक्छ । कहिलेकाहीँ राम्रै सोचेर गरेको कामकुराले पनि अपजस निम्त्याउन सक्छ । सकेसम्म बोली र व्यावहारिक काम गर्दा सजग रहनु नै राम्रो हुनेछ ।


मकर
समयानुसार सबै कुरा मिल्दै जानेछन् । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आफन्त, माइती एवं मित्रवर्ग सबैबाट राम्रो सहयोग र सद्भाव पाइनेछ । व्यक्तिगत खुसीकालागि केही खर्च हुनेछ । दिदीबहिनीसितको सम्बन्धमा मधुरता बढ्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनेछ । कसैकसैको नवगृह प्रवेश हुनसक्छ । कामविशेषले कतैको यात्रा गर्नुपर्ने हुनसक्छ । घरमा कुनै सरसामग्रीमा हेरफेर हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ ।


कुम्भ
समसामयिक परिस्थितिको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । आफूले गर्ने वा गर्नथालेको कामले के–कस्तो प्रभाव पर्छ भन्ने ख्याल गर्नुपर्नेछ । काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छ । महिनाको उत्तराद्र्ध तपाईंका लागिअनुकूल रहनेछ । परिवार एवं माइती–मावलीसित भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुदृढरहनेछ । मनमा भएको तनाव क्रमशः हट्दै जानेछ । कुनै कुराले मनमा असहजता भएपनि सहज हुने प्रयास गरिनेछ । स्वास्थ्यस्थितिको ख्याल गर्दै आफूलाई समयानुकूल बनाउने प्रयास हुनेछ । कसैकसैको सरुवा हुनसक्छ ।


मीन
काम गर्दा दोधार हुनसक्छ । आफ्नै प्रभुत्वमा काम सम्पन्न भएपनि कतिपय कुरा आफूअनुकूल नहुनसक्छन् । शान्त र समझदारीकासाथ काम गर्नुपर्ने बेला छ । सन्तानबाट अपेक्षित सन्तोष पाइनेछ । कसैकसैलाई सन्तान लाभ हुने योग छ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनेछ । कसैकसैलाई यो महिनामा मान–सम्मान प्राप्त गर्ने योग छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित सुख एवं समझदारी कायम रहनेछ । कसैलाई कुनै कुरा चित्त नबुझेकोे खण्डमा कूटनैतिक ढङ्गले बुझाउने प्रयास गर्नुपर्नेछ ।

प्रीति आत्रेय ज्ञवाली

फलित ज्योतिषाचार्य

 Image